तानसेनमा लागु अौषध सहित युवक पक्राउ

Kandara News
प्रकाशित : २०८० साउन २६ गते १९:४९

पाल्पा, साउन २६
पाल्पामा ठूलो मात्रामा लागु औषध सहित एक जना युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला इश्वरपुर नगरपालिका १२ घर भई हाल तानसेन नगरपालिका २ नारायणस्थान डेरा गरि बस्ने बर्ष २४ को कमल कुमार खड्का रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
खड्काले आफ्नै कोठामा लुकाईछिपाई लागुऔषध राख्ने र बिक्रि समेत गर्ने गरेको सूचनाका आधारमा हिजो बेलुका खानतलासी गर्ने क्रमा कोठाबाट डाईजेपाम, फेनारगन र आइपिपिएल टाईजेसिक लेखेको लागुऔषध जस्तो देखिने एम्पुल एक÷एक वटा गरि तीन वटा, डाईजेपाम ३१ एम्पुल,फेनारगन ३१ एम्पुल र आईपिपिएल टालजेसिक ३१ एम्पुलगरि जम्मा ९३ एम्पुल, सिरिन्ज निडिल सहित १५ थान, निडिल ११ थान, प्रयोग गरेर फुटेको एम्पुल ८ थान फेला फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
पक्राउ परेका खड्का र लागुऔषध नियन्त्रणमा लिई थप अनुशन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।


प्रकाशित : २०८० साउन २६ गते १९:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology