प्रधानमन्त्री कृषि अाधुनिकिरण कार्यक्रम अन्तरगत तरकारी ब्लक विकास कार्यक्रम अन्तरगत कृषि ज्ञान केन्द्र पाल्पाको अायाेजना र देविनगर महिला कृषि सहकारी संस्था लिमिटेडकाे व्यवस्थापनमा देविनगर वडामा संचालन भएको कृषि सामाग्री वितरणकाे सार्वजनिक सुनुवाइ भएको हाे।
सार्वजनिक सुनुवाइ कार्यक्रममा महिला कृषि सहकारी संस्थाका अध्यक्ष अम्बिका थापाले कृषि ज्ञान केन्द्र पाल्पाको ५ लाख ९७ हजार ८ सय र कृषकहरुकाे ५ लाख ३० हजार ८०० गरि जम्मा ११ लाख २८ हजार ६ सय रुपियाँ बराबरको १६ वटा टनेल , २ वटा असिना नेट , १५ थान ग्रिननेट २ राेल इनसेट नेट , १६ लिटर स्प्रेपम्प ६ वटा , २ लिटर स्प्रेपम्प ६० वटा , गाडेन पाइप २०० राेल , २५ किलोकाे १६६ बाेरा जैविक मल , टमाटर बन्दा खुर्सानी सिमि बाेडि काक्रा लगाएको तरकारीको बीउ ३५ किलो , ,भिटामिन विषादी सुस्म तत्व खरिद गरि कृषकलाई वितरण गरेको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
सहभागी कृषक गाेपाल नेपालीले तरकारी ब्लक विकास कार्यक्रमबाट मागकाे अाधारमा कृषि सामाग्री पाइएको र उत्पादनमा धेरै वृद्धि गर्न सकेको तर उत्पादित कृषि उपजहरु सहजरुपमा बजारिकरण नहुनु साथै उचित मुल्य नपाएकोले बजार व्यवस्थापन गरिदिन अनुरोध गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले अार्थिक अायअार्जनकाे मुख्य स्राेत कृषि त्यसमा पनि तरकारी भएको हुदा गाउपालिकाले अाफ्नै पालिकाकाे कार्यक्रम र अन्य साझेदारी संस्थासंगकाे साझेदारीमा ठाउँ अनुसार कृषि प्राविधिककाे सल्लाह सुझाव बमोजिम विभिन्न ठाउमा फरक फरक तरिकाकाे तरकारी अन्नबालि पशु पालन कार्यक्रम संचालन गरिरहेको जसले गर्दा कृषकहरुकाे अार्थिक अाम्दानि बढिरहेको बताउदै उत्पादित वस्तुको बजारिकरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
उपाध्यक्ष भागिरथि भट्टराईले महिलाहरु घर खेतीपाती बालबच्चा हेरचाह गर्नु पर्दा अार्थिक सामाजिक काममा लाग्न नपाउनाले साेचे जस्तो प्रगति र नेतृत्व तहमा अाउन नसकेको तर अवसर पाए पुरुष सरह काम गर्न सक्ने बताउदै महिलाहरु पनि अग्रसर भएर लाग्नु पर्नेमा जाेड दिनुभयो ।
देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले कृषि ज्ञान केन्द्र पाल्पाले तरकारी ब्लक विकास कार्यक्रम ल्याइ देविनगर वडाका कृषकहरुलाइ ठुलो सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रम कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले यश वर्ष समयमै सम्झौता गरि कार्यक्रम सफल गर्न सकेको यहाका कृषकहरुले राम्रो तरकारी उत्पादन गरिरहेको र अाउने वर्ष तरकारी ब्लक विकास कार्यक्रम नभएको हुदा अन्य क्षेत्र बाट साथ सहयोग हुने बताउनुभयो ।
सार्वजनिक सुनुवाइ कार्यक्रम देविनगर महिला कृषि सहकारी संस्थाका सचिव भगवती रानाको संचालनमा भएको थियो
प्रकाशित : २०८० असार १२ गते २२:१२
Facebook Comment