अकला आधारभुत विद्यालय पूर्वखोला -१ तामाखानीको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवश सम्पन्न भएको छ ।
५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस समाहोरका प्रमुख अथिती पूर्वखोला गाउँपालिका वडा न १ वडा अध्यक्ष गिरमान आलले अरु विद्यालयको भन्दा यस विद्यालयको शैक्षिक उपलब्धी राम्रो रहेको र अझ शैक्षिक गुरस्तर वृद्धि गर्न पहल गर्नु पर्ने बताउनु भयो । आलेले शिक्षानै जिवनको मेरुदण्ड भएकाले विद्यार्थिहरुको उज्ज्वल भविश्यको लागि शिक्षक, विद्यार्थी र सरोकारवाला निकायको उत्तिकै महत्वपूर्ण भुमिका हुने बताउदै विद्यालय को थप प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा विशिष्ट अथिती पूर्वखोला गाउँपालिका शिक्षा शाखा संयोजक लोकहरी देवकोटाले शैक्षिक गुरुस्तर बृद्धिको लागि आ आफ्नो क्षेत्रमा सबैले जिम्मेवार पुर्वक लाग्नु पर्ने बताउनु भयो । देवकोटाले विद्यालयको सम्पुर्ण पक्षको विकासको लागि सबै लागि परे मात्र शैक्षिक गुरस्तर बृद्धिमा टेवा पुग्ने बताउनुउदै विद्यालयको ५९ औं बार्षिकोत्सवको अबसरमा थप उन्नती र प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमा वडा सद्स्य समुद्रा भारती , उद्बुद्ध मा विका साहेक प्र अ सुशील न्यौपाने , जनमार्ग मा.वि का साहेक प्र अ हरी भारती , हात्तिलेक बहुउदेश्य सहकारी संथाका व्यवस्थापक ज्ञान बहादुर राना , सिलुवा स्वास्थ्य ईकाई तामाखानिका प्रमुख लगायतले विद्यालयको विद्यालयको ५९ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अबसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
विद्यालयका प्रधानाद्यापक मुक्ती प्रसाद पंगेनीले विद्यालयको आर्थिक तथा समग्र गतिविधी सहितको प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम हिस्कीको अध्यक्षतामा शिक्षक कृष्ण पंगेनीको संचालनमा भएको हो ।
प्रकाशित : २०८० वैशाख १२ गते ९:१७
Facebook Comment