माघे संक्रान्तिको अवसर पारेर रिडी मेला

जनक राज भट्टराई
प्रकाशित : २०७९ माघ १ गते २१:३९

धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय महत्व बोकेको रूरू क्षेत्रमा आजदेखि माघे संक्रान्तिको मेला सुरु भएको छ । पाल्पा, स्याङ्गजा र गुल्मीको सङ्गम स्थल रूरूक्षेत्रमा माघे सक्रान्तिको अवशरमा तीन दिने मेला लाग्ने गर्दछ ।
नेपालको चार धाम मध्ये एक रूरू क्षेत्रमा परम्परादेखि नै पहिलो दिन जेठी, दोस्रो दिन माहिली, तेस्रो दिन कान्छी संक्रान्ति मेला लाग्ने गर्दछ । पौष मसान्त देखि व्रत बसी रूरू क्षेत्रमा स्नान गर्ने र ऋषिकेशव मन्दिरमा गई पूजा गर्नेको भक्तजनहरूको आइतबार घुँइचो लागेको छ । पाल्पा, स्याङ्जा, गुल्मी, बाग्लुङ, पर्वत, रुपन्देही, नवलपरासी, अर्घाखाँची, रोल्पा, रुकुम लगायतका स्थानबाट आएका भक्तजनहरूको कालीगण्डकीमा स्नान गर्न र ऋषिकेशवको मन्दिरमा पूजाका लागि घुँइचो लागेको छ ।
यसै क्षेत्रमा अवस्थित भगवात ऋषिकेश को मन्दिरले पनि गरिमामय महत्त्व र इतिहास बोकेको छ। गुल्मी पाल्पा र स्याङ्जा जिल्लाको सङ्गम स्थल रुरु क्षेत्रधाम मा अवस्थित यो मन्दिर सयौं बर्ष पुरानो मन्दिर हो । जसरी प्रकृतिले दिएको बरदान छ यसरी नै यस मन्दिरको धार्मिक रुपमा छुट्टै अस्तित्व र किम्बदन्ती रहिआएको छ । किम्बदन्ती अनुसार सत्ययुगमा स्वर्ग बाट आएकी,प्रम्लोचना अप्सरा र भृगु ऋषि बाट जन्मेकी रुरु नामकि कन्याले यस क्षेत्र को गोलफुले गुफा हालको देवदत्त पार्क मा बिष्णु भगवान को कठोर तपस्या गरेपछी प्रसन्न भएका बिष्णु भगवान स्वयं प्रकर्ट भइ रुरु कन्या लाई वर माग भन्दा ती रुरु कन्याले हजुर को कृपाले म सङ्ग सबै चिज छ तर हजुर को दर्शन पाउन मुस्किल भयो तसर्थ सदा फिन हजुर को दर्शन पाई राख्न पाउ भनी वर मागेकोले बिष्णु भगवान् यस क्षेत्रमा ठूलो शालिकग्रामको रुपमा प्रकर्ट भएको मान्यता रहिआएको पाइन्छ । श्री स्वस्थानिमा उल्लेख भए अनुसार जालन्धरकि पत्नी बृन्धाले भगवान बिष्णु ढुङ्गा भइ रहनु परोस भन्ने श्राप दिएको हुनाले बिष्णु भवगान शालिकग्रामको रुपमा देखा प्रने कुरा उल्लेख भएको छ । जुन आज सम्म जन मानस मा प्रभाव रहेको छ ।
यसैगरि मेलामा व्यापार व्यवसाय गर्न छिमेकी जिल्ला, पर्वत बाग्लुङ्, रोल्पा, रुकुम, मनाङ् जुम्ला, मुस्ताङ लगायतका स्थानबाट स्थानीय रुपमा उत्पादन भएका बस्तुहरू बिक्रीका लागि व्यापारीहरू आएका छन् । उनीहरूले भेडाको ऊनबाट बनेको राडी, पाखी, कम्बल, ल्यू, गलैचा, सुपो, डाँला लगायतका सामग्री व्यापारका लागि ल्याउने गर्दछन । गत वर्षहरूमा जस्तै यो वर्ष पनि ऊनबाट बनेको ल्यू, राँडी, पाँखी व्यापारका लागि अत्यधीक ब्यापारीहरु रुरु धाम आएका छन ।


प्रकाशित : २०७९ माघ १ गते २१:३९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology