गल्याङ फोक्सिङकोट, ताहु झडेवा र खैरेनी मोटरबाटो सडक निर्माणमा प्राथमिकता दिनेछु ः एमाले उम्मेदवार सारु
पाल्पा क्षेत्र नंं १ २ का प्रदेशसभा सदस्य खेम बहादुर सारुले गल्याङ, अर्सदी, फोक्सिङकोट, ताहु, झडेवा, खैरनी मोटर बाटो लाई प्राथमिकता दिएर काम गर्ने बताउनु भएको छ । रम्भा गाउँपालिका वडा नंं २ फोक्सिङकोटमा घरदैलो कार्यक्रम गर्दै एमाले प्रदेश सभा सदस्य सारुले रिमिघा लेक, रानीवास क्षेत्रमा पर्यटकीय पुर्वाधार विकास गर्ने, फोक्सिङकोटका भित्री सडकहरुको स्तर उन्नतीको काममा प्राथमिकता दिने जनता संग प्रतिवद्धता जनाउनु भएको छ ।
फोक्सिङकोटका जनताले गाउँमा स्तरीय स्वास्थ्य चौकी भवन बनाउनु पर्ने, कला संस्कृतीको संरक्षणमा ध्यान दिनुपर्ने, रानीवास क्षेत्र लाई होम स्टेको रुपमा विकास
गर्नुपर्ने, खानेपानीका उचित प्रवन्ध हुनुपर्ने माग राखेकोमा एमाले उम्मेदवार सारुले प्रदेशसभामा विजयी भएपछि प्राथमिकता दिएर काम गर्ने बताउनु भएको छ । एमालेले यस क्षेत्रका जनताको आवश्यकताको आधारमा विगतमा सबै किसिमका योजनामा काम गरेकोले मंसिर ४ गतेको निर्वाचनमा सूर्यमा मतदान गर्न एमाले उम्मेदवार सारुले अनुरोध गर्नुभयो ।
प्रकाशित : २०७९ कार्तिक २५ गते २०:४७
Facebook Comment