निस्दीमा असोज ५ गते सार्वजनिक सुनुवाइ हुने

होम राई मगर
प्रकाशित : २०७९ भदौ २८ गते १८:४५

पाल्पा / २८ भदौ मंगलबार । निस्दी गाउँपालिका पाल्पामा आगामी असोज ५ गते सोमबार सार्वजनिक सुनुवाइ कार्यक्रम हुने भएको छ ।

गाउँपालिकाबाट प्रवाह हुने सार्वजनिक सेवा प्रति सेवाग्राहीबाट आवश्यक पृष्ठपोषण लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अर्जुन खनालद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ । निस्दीको बहुउद्देश्यीय हलमा सन्चालन गरिएको कार्यक्रममा सहभागिताको लागि स्थानीय सेवाग्राही,क्रियाशील राजनीतिक दल, स्थानीय संघ संस्थाका प्रमुख प्रतिनिधिहरुलाई लगायतकालाई उपस्थितिकोको लागि अनुरोध गरिएको छ ।

वार्षिक रुपमा सार्वजनिक सुनुवाइ सन्चालन गरेको निस्दीले यस पटक पनि ७ वटै वडाहरुमा समेत यस्ता कार्यक्रम गरिने गाउँपालिकाले जनाएको छ ।


प्रकाशित : २०७९ भदौ २८ गते १८:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology