निस्दीमा हराएको मानिस भेटियो
होम राई मगर
पाल्पा । २४ भदौ । निस्दी गाउँपालिका वडा नम्बर-४ मित्याल, भिरपानी,खानिदमर निबासी किमान सिं जर्घा हराएको ६ दिन पछि सकुशल भेटिएको छ ।
गत भदौ १७ गते शुक्रबार अर्चलेमा भुइँकटहर बिक्री गर्न आउने क्रममा बेपत्ता भएका थिए । ६८ वर्षीय जर्घालाई निस्दीको अर्चले अधमारा नजिक खोल्सामा फेला परेको वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले बताउनुभयो । जर्घालाई खोल्सामा स्थानीयले देखेपछि वडा कार्यालय र नजिकैको प्रहरी चौकीमा खबर गरिएको थियो । अर्चलेका जनप्रतिनिधि,प्रहरी र अर्चले स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी सहितको टोलीले उद्धार गरि प्राथमिक उपचार लुम्बिनी मेडिकल कलेज प्रभष लगेको निस्दी वडा न ६ वडा अध्यक्ष सुनारीले जानकारी गराउनु भएको छ ।
कपडा पुरै भिजेको अवस्थामा रहेको जर्घाको टाउँकोमा सामान्य चोट लागेको छ ।
प्रकाशित : २०७९ भदौ २४ गते १८:१३
Facebook Comment