कतार । नेपाली महिला समाज दोहा,कतारले”नेपाली महिला समाजको चाहना,एकता र सहयोगको विशुद्ध सामाजिक भावना”भन्ने मुल नाराकासाथ यही आउँदो सन् २०२२ अगष्ट २६ तारिख शुक्रबारका दिन कतारस्थित ओसिस विच क्लबमा रमाईलो तिज तथा सचेतना कार्यक्रम-२०२२” गर्ने भएको छ ।
१५९ वटा भन्दा बढि विभिन्न संघसंस्थाहरुको सहकार्य र सहयोगमा कार्यक्रम हुनलागेको नेपाली महिला समाजकी अध्यक्ष सरिता भण्डारी ले बताइन ।
कन्दरा न्युज डटकम संङग गरिएको सम्बाद मा नेपाली महिला समाजको आयोजनामा विभिन्न संघसंस्थाहरुको सहयोगमा हुन लागेको अध्यक्ष भण्डारी ले बताइन ।
उक्त कार्यक्रममा रेष्मी वि.क.,रेविका तामाङ,समृद्धि सापकोटा,शान्ति वलि,जिया हमाल,कुजल पन्थी,प्रज्ञा न्यौरे,सपना परियार,सृष्टि श्रेष्ठ,बर्बी खड्का,आरोही थापा,दिया सिंह,आरुषी रिजाल,सृष्टि लामा,गुना मगर”निशु”जस्ता स्त्थानीय कलाकारहरूको वेजोड प्रस्तुतिसमेत रहने छ ।
नेपाली महिला समाज दोहा कतारले स्थापनाको १० औं वर्षदेखि विभिन्न सामाजिक,जनचेतनामूलक कार्यहरु गर्दै आई रहेको छ ।
प्रकाशित : २०७९ भदौ ८ गते २:०७
Facebook Comment