पाल्पा,श्रावण २३
गृहमन्त्रालयले अपमानजनक नामहरु राखेर नागरिकता प्रमाणपत्र जारी नगर्न मातहतका कार्यालयहरुलाई निर्देशन जारी गरेको छ ।
सामाजिक सञ्जालहरुमा विभिन्न अपमानजनक नामहरु राखेर जारी गरिएका नागरिकता लगायतका प्रमाणपत्रहरु सार्वजनिक हुन थालेपछि यसको चौतर्फी विरोध शुरु भएको थियोे ।
यस विषयमा राष्ट्रिय सभामा समेत कुरा उठेपछि आज गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा यस अघि जारी भएका यस्ता नागरिकता प्रमाणपत्रको हकमा सम्बन्धित व्यक्तिले सच्याउन चाहेमा आवश्यक प्रक्रिया पूरा गरि सच्याउन सक्ने व्यवस्था मिलाईएको पनि जनाईएको छ ।
प्रकाशित : २०७९ साउन २३ गते १८:३२
Facebook Comment