नेकपा (एकिकृत समाजबादी) जिल्ला कमिटि पाल्पा बिस्तारित बैठक तथा प्रशिक्षण २०७९/४/१४ गते शनिबार तानसेनमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि लुम्बिनी प्रदेश कमिटि ईन्चार्ज , नेकपा(एस) के.क.सचिव भागवत बिश्वासीले समसामयिक राजनीति , बर्तमान अवस्था र पार्टी नेता तथा कार्यकर्ताको कार्यभारका चर्चा गर्दै अनुसासित नेता र कार्यकर्ताको बलले मात्र पार्टी चलाएमान हुने बताउनु भयो । , नेकपा एस लुम्बिनी प्रदेश कमिटि अध्यक्ष , पोलिट्ब्युरो सदस्य सोम प्रसाद पाण्डेले
आगामी निर्बाचन र सो को तयारीका बारेमा चर्चा गर्नु भयो। केकस राजेन्द्रलक्ष्मी गैरे , केकस रमा घर्ती , केकस यादव ब. रायमाझी लगायतका नेताहरूको प्रशिक्षणात्मक मन्तब्य रहेको सो कार्यक्रमको अध्यक्षता – नेकपा एस जिल्ला अध्यक्ष खिमानन्द पाण्डे ( कमल)को अध्यक्षता र सञ्चालन सचिव मोहन गैरे र स्वागत उपसचिव कमल सेनले गर्नु भएको थियो ।
बैठकले प्रदेश कमिटिको अन्तरपार्टी निर्देशन , जिल्लाको राजनैतिक शक्ति सन्तुलन , पार्टी बिस्तार , जनबर्गीय संगठन , मोर्चा सङ्गठन सुदृढीकरण र प्रशिक्षण सहितको ३ महिने अभियानका बारेमा छलफल गरी तयारी सहितको योजना बनाएको छ ।कार्यक्रममा साबिक नेकपा एमाले जिकस सर्बजीत बिक, क्रान्तिकारी माओबादीका अर्जुन परियार र माधव गिरि नेकपा एसमा समहित हुनु भएकोमा माल्यार्पण सहित स्वागत गरिएको थियो ।
प्रकाशित : २०७९ साउन १४ गते १८:४६
Facebook Comment