निस्दीको अर्चलेमा पूर्ण सरसफाइ अभियान कार्यक्रम सन्चालन ।।

होम राई मगर
प्रकाशित : २०७९ जेठ १७ गते १६:४०

 

निस्दी,पाल्पा / १७ जेठ २०७९ । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा पूर्ण सरसफाइ अभियान सम्बन्धि कार्यक्रम सन्चालन भएको छ ।

अर्चले स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ कार्यपालिकाका सदस्य मिम्श्री बयम्बु रहनुभएको हो । कार्यक्रममा बोल्नुहुदै मुख्य पाहुना बयम्बुले सरसफाइ एक जनाले मात्र गरेर नहुने भन्दै सम्बन्धित सबै आ-आफ्नो स्तरबाट लाग्नुपर्ने बताउनुभयो । पूर्ण सरसफाइ कार्यक्रम पाल्पाका अधिकृत राजेन्द्र बरालले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।कार्यक्रममा गोरखनाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक इश्वरी अर्याल,पूर्ण सरसफाइ प्रज्वलक सिर्जना खण्डलु,सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका नौसरी राई,विद्यार्थी सरिता सोमै,दिपिका मश्राङ्गी लगायतकाले बोल्नुभएको थियो । यसैगरी बेस नेपाल सुआहाराका सामाजिक कार्यकर्ता दान बहादुर रजालीले सरसफाइ हुनका लागि आवश्यक सूचकहरुका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख प्रतिनिधिहरु,विद्यालयका प्रधानाध्यापकहरु,महिला स्वयंसेविका,पूर्ण सरसफाइ प्रज्वलकहरुको सहभागिता रहेको थियो ।

अर्चले स्वास्थ्य चौकीको आयोजना र बेस नेपालको आर्थिक सहयोग चलेको कार्यक्रमको सन्चालन स्वास्थ्य चौकी प्रमुख मीन बहादुर रानाले गर्नुभएको हो ।


प्रकाशित : २०७९ जेठ १७ गते १६:४०


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology