नवलपुर ,
चौधरी फाउन्डेसनले नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयलाई नगद २ लाख र योग अभ्यासमा आबस्यक पर्ने एक सय थान म्याट्रेस सहयोग गरेको छ । चिकित्सालयमा बुधवार आयोजित एक कार्यक्रममा चौधरी उद्योग ग्राम दुम्कौलीका महाप्रबन्धक रामकाजी सिटौलाले चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीलाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो । सहयोग हस्तान्तरण गर्दै महाप्रबन्धक सिटौलाले सिजीको सामाजिक उत्तरदायित्व अन्तरगत फाउन्डेसनले सहयोग उपलब्ध गराएको बताउनुभयो । उहाले बिश्वनै कोरोना भाईरसका कारण आक्रान्त भैइरहेको अबस्थामा प्राकृतिक तवरले संक्रमितहरुको उपचारमा सहयोग गरिरहेको चिकित्सालयलाई सहयोग हस्तान्तरण गर्न पाउदा आफुलाई खुशी लागेको बताउनुभयो । समाजसेवी सुरज गुरुङको विषेश पहलमा सहयोग गरिएको हो। फाउन्डेसनले संक्रमितहरुलाई योग अध्यास गर्न सहज होस भन्ने उदेश्यले म्याट्रेस उपलब्ध गराएको हो । चौधरी फाउण्डशेनले यसअघि पनि चिकित्सालय हातामा रहेको बगैचा, मर्निंगवाक गर्ने बाटो निमार्ण ,पानीका लागि डिप बोरिंग निमार्णमा सहयोग र चिकित्सालयमा दुध खाने गाई दिएर सहयोग गरिसकेको छ । चिकित्सालयमा पालिएका गाई गोठ ब्यबस्थापनका लागि फेरी नगद २ लाख सहयोग गरेको हो । सहयोग हस्तान्तरण समारोहमा चिकित्सालयका सचिब प्रदिपराज घिमिरे , निर्देशक डा बिनोद पौडेल , ब्यबस्थापक हरि सापकोटा र चौधरी उद्योग ग्रामका सिएसाआर प्रमुख रामचन्द्र धिताल लगायतको उपस्थिति रहेको थियो ।
प्रकाशित : २०७७ भदौ १८ गते १९:११
Facebook Comment