नयाँ बर्षमा माथागढीको सराईमा फुटबल प्रतियोगिता हुने

माया बस्याल
प्रकाशित : २०७८ चैत ३ गते १५:५७

माथागढीको सराईमा फुटबल प्रतियोगिता हुने .
चैत ३ गते
माथागढी गाउँपालिकाकाे अायाेजना एवम् सराई युवा क्लबकाे समन्वयमा माथागढी कप फूटबल प्रतियोगिता सञ्चालन हुने भएको छ ।

सराई वडा अध्यक्ष दिपक थापाले गाउँपालिकाकाे सहयोग मा युवा क्लबले गर्न लागेको कार्यक्रमकाे पूर्ण सफलताको कामना गर्दै अाफूले तथा वडाको तर्फबाट गर्नुपर्ने सहयोग पूर्णरूपमा गर्ने प्रतिबद्धता जनाउँदै सबै युवाहरू मिलेर गर्नुपर्ने साथै गाउँपालिकाले २०७८/७९ काे अार्थिक वर्षकाे गाउँसभाबाट कार्यक्रमका लागि ७ लाख बजेट छुट्टाएकाे जानकारी समेत गराउनु भएको थियोे । थापाले युवाहरुमा एकरुपता अाएर नयाँ साेचविचार सहित अगाडि बढ्दै गएमा खेलकुदकाे क्षेत्रमा पनि धेरै अगाडि बढ्न सकिने हुदा सबै मिलेर कार्यक्रम सफल पार्नका लागि अनुरोध समेत गर्नु भएको थियो ।

पत्रकार महासंघ अध्यक्ष रेखिराम रानाले सफलताको शुभकामना दिदै सबै युवाहरू एकजुट भएर खेल सफल पार्न आफुले पूर्णता दिने साथै प्रचारप्रसार पनि व्यापक रुपमा गर्नुपर्ने साथै यस्तो कार्यक्रम सराईमा गर्नपाउनु धेरै ठूलो अवसर भएको बताउनुभयो ।
खेलकुद संयाेजक खाेम बहादुर गाहाले सराई युवा क्लबले गर्न लागेको कामको गाउँपालिकामा उच्च मुल्यांकन रहने साथै सबै युवाहरु मिलेर गर्नुपर्ने समुह, समुदाय ,संगठन विस्तार भएपछि कुनैपनि कामले पूर्णता पाउने शुभकामना दिनु भएको थियो ।

पूर्व सराई युवा क्लब अध्यक्ष यम बहादुर चिदी , पदम राना , सामाजिक अग्रज व्यक्तित्व नवल प्रसाद श्रेष्ठ , याम बहादुर चिदी लगाएत युवाहरुले समग्रमा कार्यक्रम पूर्णरूपमा साथ दिने प्रतिबद्धता सहित शुभकामना दिनुभएको थियो ।

कार्यक्रम यहीँ मिति चैत २९ गतेबाट सुरु गरेर बैशाख १२ गते सम्म गते समापन गर्नेगरि निर्णय समेत गरिएको छ । साथै खेलप्रेमी तथा खेलाडी व्यवस्थापन परिचालन सराइ युवा क्लब , खहरे युवा क्लब , भुपुसैनिक टाेली सामाजिक बुद्धिजीवी काे सहजीकरणमा गरिने निर्णय भएको छ ।

कार्यक्रम सराइ युवा क्लब अध्यक्ष कृष्ण सारु मगरकाे अध्यक्षता वडा अध्यक्ष दिपक थापाको प्रमुख अातिथ्यतामा तथा क्लबका सचिव माया बस्यालकाे सञ्चालनमा सम्पन्न भएको हाे ।


प्रकाशित : २०७८ चैत ३ गते १५:५७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology