स्याफट देउराली अर्खलडाँडा अल्किचौर मो. बा. स्तरौन्नतीको उपभोक्ता समिती गठन ।।
पाल्पा स्याफट देउराली अर्खलडाँडा अल्किचौर मोटरबाटो स्तर उन्नतिको उपभोक्ता समितिको गठन भएको छ । पूर्वखोला गाउँपालिका बाट १० लाख यस मटबाटो स्तर उन्न्ती को लागि पूर्वखोला गाउँपालिकाले विनियोज रकम बाट मुहान बाटै बाटो स्तर उन्नरी गरेर ल्याउन पर्ने वडा न ३ वडा सद्स्य प्रेम नारायण पंगेनीले सुझाब दिनु भएको थियो । उहाले यो बाटो स्याफट देउराली अल्किचौर – ढाक्रेबास तामाखानी सम्म रहेता पनि गत बर्ष अल्किचौर बाट बाटो फराकिलो भैसकेलाले यस बर्ष मुहान बाट बाटो फराकिलो गराउन सुझाब दिनु भएको थियो ।
समितिको अध्यक्षमा मन बहादुर फाल सचिबमा श्री बहादुर गाहा कोषाध्यक्ष चमेली राना सदस्यहरु याम बहादुर बारघरे , खेम राज पंगेनी , रुमि सरा सुनाखरी , तिल कुमारी सारु , प्रेम बहादुर नेपाली , दुर्गा आले नौ सद्स्य कार्यसमिती गठन गरेको छ । समिती ले जनताको जनभावना अनुसार मोटर बाटो स्तर उन्नती गर्ने सुझाब सहित स्थानिय बुद्धिजिबी तथा समाजसेवी खुम बहादुर आले , बल बहादुर फाल , हुम बहादुर आले , भत्त बहादुर फाल , छविलाल पंगेनी लगाएतले समयममै काम सुरु गरि योजना फोरफारक गर्न सुझाब दिनु भएको थियो ।
अध्यक्ष मन बहादुर फालले छिटो भन्दा छिटो प्राविधिक स्टेमेट गराई सम्झौता गरि काम सुरु गर्ने बताउनु भयो ।
उपभोक्ता भेला को अध्यक्षता अर्खलडाँडा टोल संयोजक पूर्ण बहादुर फाल र डिल्ली पंगेनीको संचालनमा भएको थियो ।
प्रकाशित : २०७८ मंसिर २५ गते १३:४४
Facebook Comment