पाल्पाली समाज पोखराले जेष्ठ नागरीक हरुलाइ न्यानो कपडा तथा खाद्यान्न प्रदान गर्याे ।।

रमा भण्डारी
प्रकाशित : २०७८ मंसिर ११ गते १९:४९

मंसिर ११ , रामपुर पाल्पा
पाल्पाली समाज पोखराले आफ्नो २८औ स्थापना दिवसको अवश्वरमा पारेर आज जेष्ठ नागरीक हरुलाइ न्यानो कपडा तथा खाद्यान्न प्रदान गरेको छ ।
पाल्पा स्याङ्जा तनहुँ को संगम स्थल केलादीधाम राधादामोदर मन्दिरको बृद्ध आश्रममा बस्दै आउनु भएका जेष्ठ नागरीकहरुलाइ न्यानो कपडा हाइनेक टाउजर टोपि र फाइबरको सिकर वितरण गरेको हो । समाजले अहिले सम्म थुप्रै सामाजिक काम गदै सहकारी संचालन गरेको संस्थामा पाल्पाबाट पोखरामा विभिन्न शिलशिलामा बस्दै आउनु भएका पाल्पाली आवद्ध संस्था हो अध्यक्ष रेशम राज थापाको भन्नु भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष थापाले आश्रममा बस्दै आउनु भएका जेष्ठ नागरीकलाइ सामाग्री हस्तान्त्रण गर्नू भएको हो ।
संस्थाका द्धितिय उपाध्यक्ष श्रीधर पराजुलीको स्वागत बाट शुरु भएको सामाग्री हस्तान्त्रण कार्यक्रममा आरोग्य आश्रमका व्यवस्थापन समितिका अध्यक्ष तथा मन्दिरका अध्यक्ष लेखनाथ बस्ताकोटिले बोल्दै २०१३ सालमा स्थापना भएको मन्दिर अहिले यहा सम्म आइपुगेको र आश्रममा बस्ने बृद्धबृद्धाहरुलाइ संस्थाले जाडोको समयमा न्यानो कपडा र खाद्यान्न सहयोग गरेको प्रति धन्यबाद दिनुभएको छ ।
५८ जना बृद्धबृद्धाहरुलाइ आज न्यानो कपडा र खाद्यान्न पाल्पाली समाज पोखराले वितरण गरेको हो । आश्रममा बस्ने जेष्ठ नागरीक९२ वषिय नारायणी घिमिरेलाइ न्यानो कपडा र सिरक तथा खाद्यान्न वितरण गरेर कार्यक्रम शुरुवात गरेको हो । सामाग्री हस्तान्त्रण कार्यक्रमको संचालन संस्थाका महासचिव केशव नेपाल ले गर्नु भएको हो । मन्दिर व्यावस्थापन समितिका सचिव घनश्याम खनालले हाम्रो केलादि धामको बृद्धआश्रमलाइ प्राथमिकतामा राखेर कार्यक्रम ल्याउनु हुने समाजका संयोजक रमेश पौड्याल लगायत सम्पुर्ण समाजको टिमलाइ धन्यबाद दिनु भएको हो । कार्यक्रममा पाल्पाली समाज पोखराका पुर्व अध्यक्ष सल्लाकार ,संयोजक तथा कार्यसमितिका पधाधिकारी पत्रकार हरुको सहभागिता रहेको थियो ।


प्रकाशित : २०७८ मंसिर ११ गते १९:४९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology