समाज उत्थान सहयोग केन्द्रको साधारण सभा तथा अधिवेशन सम्पन्न

भुवन सिजाली
प्रकाशित : २०७८ असोज १५ गते १८:०६

असोज -२५ , देवीनर , पूर्वखोला
समाज उत्थान सहयोग केन्द्र पूर्वखोला ४ देविनगर पाल्पाको २१ अाैँ वार्षिक साधारणसभा तथा ७ अाै अधिवेशन देविनगर वडाको सभा हलमा सम्पन्न भएको छ।अधिवेशनमा कार्यसमितिका अध्यक्ष माेहन बहादुर रखालले संस्थाकाे साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । संस्थाका कार्यकारी प्रवन्धक मेहर सिं थापाले पूर्वखाेला गाउपालिकाकाे ७५ प्रतिशत र हेफर नेपालकाे २५ प्रतिशत साझेदारीमा कृषि तथा पशु विकास उद्यमशिला कार्यक्रम , लक्षित वर्ग कार्यक्रम ,पुर्वखाेला गाउपालिकासंगकाे साझेदारीमा बालबालिका कार्यक्रम लगाएको कार्यक्रमहरु सन्चालन गरेको प्रगति प्रतिवेदन बताउनु भएको थियो । काेषाध्यक्ष तिल बहादुर ढेंगाले अार्थिक वर्ष ७७/७८ काे ७५ लाख २० हजार ६ सय ४८ रुपिया बराबरको अायव्याय प्रतिवेदन प्रस्तुत गर्नु भएकोमा सर्वसहमतमा पारित गरेको छ । ७ अाै अधिवेशनले ७ सदस्य कार्यसमिति गठन गरेको छ। अध्यक्षमा पुन माेहन बहादुर रखाल उपाध्यक्ष मथुरा घर्ती सचिव भुवन सिंजाली सहसचिव दिलिप राना काेषाध्यक्ष बल बहादुर थापा सदस्य बामरि हिताङ भगवती रानालाई छनाेट गरेकाे छ । नया कार्यसमितिले ४ जना थप मनाेनित गरि ११ जनाकाे समिति बनाएको हाे । कार्यक्रमका प्रमुख अतिथि देविनगर वडाका अध्यक्ष रिम प्रसाद श्रेष्ठले द्वन्द्वकालमा पनि बालबालिका, महिला, अपांग, शिक्षा कृषि क्षेत्रमा काम गरि समाजमा जनचेतना जगाउनुका साथै अार्थिक वृद्धिदर बढाएकोले विकास क्षेत्रमा ठुलो सहयोग पुगेकाे बताउदै नया कार्यसमितिलाई सफलताको शुभकामना दिनु भएको थियो ।अधिवेशन संस्थाका अध्यक्ष माेहन बहादुर रखालकाे अध्यक्षतामा सम्पन्न भएको हो ।


प्रकाशित : २०७८ असोज १५ गते १८:०६


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology