पाल्पा, लामाे समय सम्म कोरोना महामारीले बन्द रहेको विद्यालयहरु विस्तारै खुल्न थालेका छन् । करिब छ महिना बढि भौतिक रुपमा कक्षा सञ्चालन नभई बन्द रहेका विद्यालयलाई पुरानै अवस्थामा फर्काउन केहि समय भने पक्कै लाग्नेछ । लामो समय बन्द रहदा पुराना भवनहरु तथा ठुला चौरहरुमा झार भरिएका छन् त कतै छाना चुईएका छन् । यस बर्ष लामो समय सम्म परेको बर्षाले समेत देशका धेरै स्थानमा विभिन्न समस्याहरु सृजना गरेको छ ।
यस्तै समस्या पाल्पा जिल्लाको पूर्वखोला गाउँपालिका वडा नम्बर ६ स्थित बालकल्याण प्रा.वि. लाई पारेको छ । अन्य विद्यालय जस्तै बालकल्याण प्रा.वि.मा पनि भौतिक रुपमा कक्षा सञ्चालन सुरु भयो । तर विद्यालयको दुई वटा भवन जोड्ने लामो समय देखि प्रयोग विहिन सिढि भने बर्खाको कारण चिप्लो भएर हिड्न नसकिने अवस्थामा पुगेको थियो ।
कोरोना महामारीले थला पारेको शिक्षा क्षेत्रमा पुन भौतिक संरचनाले समस्या बनायो । सधै समस्या लाई दोष दिएर आफु उम्कने बानि परेका हामि माझ बालकल्याण प्रा.वि. नमुना बनेको छ । बालकल्याण प्रा.वि. भित्र रहेको करिब ३० सिढिमा नियमित रुपमा आउजाउ गर्ने विद्यार्थी ५० भन्दा बढि रहेको र शिक्षकहरु दैनिक धेरै पटक आउजाउ गनुपर्ने अवस्था रहेको शिक्षक प्रकाश देबकोटाले बताउनु भयो । यसरी शिक्षक र विद्यार्थी नियमित आउजाउ गर्ने बाटोमा समस्या भएपछि विद्यालय प्रशासनले उक्त चिप्लो सिढि माथि जुटको बोरा राख्ने जुक्ति लगायो । उक्त कार्यमा सहयोगिको रुपमा शिक्षक अभिभावक संघका अध्यक्ष केश बहादुर काम्मुले बोरा सहयोग गर्नुभएको शिक्षक प्रकाश देबकोटाले जानकारी दिनुभयो । यसरी पठनपाठनमा समस्या बनाएको बाटोको समस्या सहज रुपमा समाधान भएको छ । अब हामि सबैले केही भयन भनेर बस्नुको सट्टा आफै केहि सानो काम सुरु गरे पनि अर्थपूर्ण हुन्छ भन्ने उदाहरण बालकल्याण प्रा.वि. बनेको छ ।
प्रकाशित : २०७८ असोज ५ गते १२:५०
Facebook Comment