ज्यामिरेको सार्वजनिक सुनुवाई सम्पन्न ।।

हिमश सारु
प्रकाशित : २०७८ भदौ २९ गते २१:४५

हिमश सारु/भाद्र २८

पाल्पा निस्दी गा पा वदा न ७ ज्यामिरेले पाल्पा वडा स्तरीय सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । वडा न ७ ज्यामिरेका वडा अध्यक्ष गगन सिङ सोतिको अध्यक्षतामा चलेको कार्यक्रम वडा कार्यलयको योजनामा सम्पन्न भएको हो। यसकार्यक्रम मा ७० जना बढीको सहभागितामा रहेको थियो । कार्यक्रमका प्रमुख अतिथी टेक बहादुर पल्ली रहेनु भएको थियो । जन प्रिय माध्यमिक विद्यालय का प्र अ समेत रहनु भएका पल्लीले योजनाका कामदेखी लिएर हरेक काममा पार्दशिकता हुनु पर्ने बताउनु भयो ।कार्यक्रमको उदेश्य तथा सेवाप्रदायक संस्थाहरुले सेवाग्राहिको गुनासो सुनुवाइ गरि शासन प्रणालीमा सहभागिता अभिबृद्धि गर्न सन्चालन भएको बताउदै वडा अध्यक्ष सोतिले सहभागी राखेको जिक्षासा बारे बोल्नु भएको थियो। आर्थिक बर्ष २०७७/०७८ म वडाले गरेको कार्य प्रगती र अगामी योजना बारे वडा सचिब नारायण तिमिल्सिना प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा स्वस्थ्य चौकी प्रमुख खेम बहादुर सारु लगायतकाले सहभागी हरुको जिज्ञासा मेटाउनु भएको थियो ।कार्यक्रममा गत आर्थिक बर्ष सम्पन्न भएका योजना तथा कार्यक्रम उपभोक्ता समितिका तथा प्रतिनिधिहरुले आम्दानी खर्च सार्बजनिक गरेका थिए वडाको सामाजिक परिचालक सुमित्रा जर्घाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम सन्चालन पत्रकार हिमश सारुले गर्नु भएको थियोे ।


प्रकाशित : २०७८ भदौ २९ गते २१:४५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology