भदौ ११,
समुदाय स्तरमा कोरोना भाईरस संक्रमण फैलन थालेपछी माथागढी गाउँ पालिकामा पनि समुदाय स्तरबाट स्वाब संकलन कार्य सम्पन्न गरिएकाे छ ।
कोरोना भाईरस समुदाय स्तरमा फैलन थालेपछी नागरिकहरुकाे स्वाब संकलन गरि नमुना परिक्षण गर्ने उद्देश्यले स्वाब संकलन गरिएको माथागढी स्वास्थ संयाेजक केशब जि सि ले जानकारी गराउनु भएको छ , देशमा कोरोनाले पछिल्लो अवस्थामा निम्त्याएको विषम परिस्थितिका साथै समुदायस्तरमै कोरोना संक्रमणको प्रभावले गर्दा अग्र भागमा रहेर काम गर्दै आएका विभिन्न नागरिकहरु जस्तै सुरक्षाकर्मी, बैंकका कर्मचारीहरु, व्यापारी, होटेल व्यवसायी, स्वास्थ्यकर्मीहरु, वैदेशिक रोजगारीबाट भर्खरै घरमा आई होमक्वारेन्टाइनमा बसेकाहरु, जनप्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारीहरु, सार्वजनिक यातायातका गाडी चालकहरु, शिक्षकहरु र मेडिकल सञ्चालकहरु साथै काेराेना पाेजेटिभ देखिएका परिवारका सदस्यहरुकाे परीक्षणका लागि स्वाब संकलन गरिएको हाे।
पाल्पा जिल्लामा पनि संक्रमण समुदायस्तरमै पुगिसकेको र बाहिरबाट आउने जाने क्रम पनि निरन्तर रहेकोले परीक्षणको दायरालाई फराकिलो बनाउका लागि परीक्षणलाई तिव्रता दिइएको जानकारी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले बताउनुभयो । स्वास्थ संयाेजक केशब जि सि का अनुसार बुधबार वडा ४, ५, ६, ७ र ८ का ६७ जना र विहिबार दाेस्राे दिन वडा नम्बर १,२ र ३ का ७४ जना गरि जम्मा १४१ जना व्यक्तिहरुको परीक्षण का लागि स्वाब संकलन गरि जनस्वास्थ्य कार्यालय भैरहवाकाे परिक्षण केन्द्रमा पठाएकाे जानकारी पनि दिनुभएको छ । दाेस्राे मूलुकबाट अाउने तथा बाहिरी जिल्लाबाट आएका व्यक्ति हरुको भने आवश्यकता अनुसार पिसिआर परीक्षण गरेको जानकारी स्वास्थ्य शाखाका संयोजक जिसीले गराउनु भएको छ। साथै परीक्षण का लागि स्वाब संकलन कार्यमा स्वास्थ्य शाखा संयोजक सहित ल्याबका टोलीहरुको उपस्थिति रहेको थियो।
प्रकाशित : २०७७ भदौ ११ गते २१:२४
Facebook Comment