पूर्वखोलाले पनि बन्द ग-यो भौतिक रूपमा हुने शैक्षिक क्रियाकलापहरु

कन्दरा न्युज प्रतिनिधि
प्रकाशित : २०७८ वैशाख १४ गते ८:२४

१४ बैशाख । पूर्वखोला
पाल्पाको पूर्वखोला गाउँपालिकाले पनि भौतिक रुपमा उपस्थित भएर गरिने पठन पाठन बन्द गरेको छ।

कोभिड-१९ महामारीकाे जाेखिमका कारण पाल्पाका अन्य ९ वटा स्थानिय तहहरुले छ्ट्टाछुटै सुचना सार्वजनिक गरेर सम्पूर्ण विद्यालयहरुमा भौतिक रुपमा हुने परिक्षा लगायतका शैक्षिक क्रियाकलापहरु अनिश्चितकाल सम्मका लागि बन्द गर्ने सुचना जारी गर्दा समेत पूर्वखोला गाउँपालिकाले कुनै निर्णय नदिँदा हिजो अबेर रातिसम्म सामाजिक सञ्जालहरुमा बहसहरु भईरहेका थिए । हिँजो (सोमबार) साँझ बसेको स्थानिय कोभिड-१९ महामारी व्यवस्थापन समिती (सिसिएमसी) काे बैठकले पालिका भित्रका सम्पूर्ण शैक्षिक संस्थामा परिक्षा तथा शिक्षण क्रियाकला बन्द गर्ने निर्णय गरेको छ । स्थानीय सिसिएमसी पदाधिकारीहरुको कार्यव्यस्तताले गर्दा बैठक बस्न ढिलाइ भएकोले पालिकाले आज बिहान ८:०० बजे मात्रै एक सुचना जारी गर्दै अर्को सुचना नआएसम्मका लागि विद्यालयमा भौतिक रुपमा हुने परिक्षा लगायतका शैक्षिक गतिविधि बन्द हुने जानकारी गराएको छ । सुचनामा विद्यालयको अन्य प्रशासनिक कार्यहरु भने नरोकिने पनि जनाईएको छ ।


प्रकाशित : २०७८ वैशाख १४ गते ८:२४


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology