माथागढी गाउँपालिकाले ४ पत्रकार र ४ कर्मचारीलाई सम्मान गर्यो ।

माया बस्याल
प्रकाशित : २०७८ वैशाख ९ गते २१:५९

माथागढी गाउँपालिकाले वीपी कोइराला पत्रकारिता पुरस्कारबाट पत्रकार सहित कर्मचारीहरुलाई सम्मान गरेको छ । गाँउपालिकाको आठौं गाउँसभाको नीति तथा कार्यक्रमबाट जिल्लाका ४ जना क्रियाशिल पत्रकार र गाँउपालिकाका उत्कृष्ठ ४ जना कर्मचारीहरुलाई सम्मान गरेको हो ।
सम्मानित हुने पत्रकारहरुमा कान्तिपुर दैनिकका उप–सम्पादक माधव अर्याल, अन्नपूर्णपोष्ट दैनिकका पाल्पा संवाददाता कृष्ण पोखरेल, नवजनचेतना दैनिकका उप–सम्पादक रामचन्द्र रायमाझी र सामुदायिक रेडियो मदनपोखराका गजेन्द्र पन्थी रहेका छन् । यसैगरी कर्मचारीहरुमा प्रशासकिय अधिकृत नारायण प्रसाद न्यौपाने, पूर्व लेखापाल चुराबहादुर सर्तुङ्के,वडा नंं ४ का कार्यलय सहयोगी बालकृष्ण घर्ती मगर, ल्याव टेक्निसियन नारायण सारु रहेका छन् ।
सम्मानित पत्रकार तथा कर्मचारीहरुलाई गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा, उपाध्यक्ष निर्मला भट्टराई, प्रमुख प्रशासकिय अधिकृत राजु नेपाल संयुक्त रुपमा नगद, दोषल्ला सहित प्रमाण पत्रले सम्मान गर्नु भएको थियो।
यसैगरी निजामती सेवा दिवसको अवसरमा कर्मचारी बिच घैटो फोर तथा हाजिर जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले पालिकालाई सम्वृद्ध बनाउन, पालिकामा भईरहेका गतिविधी स्थानीय जनता देखी राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा पुर्याउन, गाँउपालिकामा काम गर्दा भएका कमि कमजोरीहरुलाई आलोचनात्मक समाचार तथा सुझावले पत्रकारहरुले खेलेको भुमिकालाई स्मरण गर्दै विपी कोइराला पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको बताउनुभयो । कर्मचारी अभावको समयमा पनि रात दिन नभनी काममा खटिएका उत्कृष्ट कर्मचारीहरुलाई समेत सम्मान गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

उपाध्यक्ष निर्मला भट्टराईले पत्रकारहरुले गाँउपालिकाले गरेका काम तथा गतिविधीहरु जनतामाझ पुर्याउन ठूलो भूमिका खेलेकोले पुरस्कारबाट सम्मान गरिएको बताउनुभयो । प्रमुख प्रशासकिय अधिकृत राजु नेपालले सम्मान कार्यक्रम कर्मचारी तथा पत्रकारहरुलाई थप जिम्मेवारी तथा हौसल्ला प्रदान गर्ने,यस पटक पुरस्कृत नभएका कर्मचारी तथा पत्रकारहरुले पनि अर्काे बर्षको पुरस्कार पाउने गरी उच्च मनोवलका साथ काम गर्ने बताउनुभयो ।
कार्यक्रममा सम्मनित पत्रकारको तर्फबाट कृष्ण पोखरेल,कर्मचारीको तर्फबाट छैठौ प्रशासकिय अधिकृत नारायण न्यौपानेले गाउँपालिकाले गरेको सम्मान प्रति आभार व्यक्त गर्दै आगामी दिनमा माथागढीको समृद्धि र विकासमा सक्रिय भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा गाँउपालिकाका स्वास्थ्य शाखा संयोजक केशव जि.सी. को सञ्चालनमा भएको थियो ।


प्रकाशित : २०७८ वैशाख ९ गते २१:५९


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology