नेपाल सरकार भुमि सम्वन्धी समस्या समाधान आयोगको अभिमुखिकरण गोष्टी रामपुरमा सप्पन्न सम्पन्न।।

रमा भण्डारी
प्रकाशित : २०७७ चैत १५ गते १८:३१

चैत १५ रामपुर पाल्पा
नेपाल सरकार भुमि सम्वन्धी समस्या समाधान आयोग पाल्पाको आयोजनामा १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल सरकार भुमि सम्वन्धी समस्या समाधान आयोग पाल्पाका अध्यक्ष एक प्रसाद भण्डारीको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा रामपुर नगरपालिकाका,रम्भा गाउपालिका ,निस्दी गाउपालिका र पुर्वखोला गाउपालिकाका प्रमुख तथा उपप्रमुख वडा अध्यक्ष हरु र प्रमुख प्रसासकीय अधिकृत पत्रकार गरी जम्मा ५१ ज्नाको सहभागिता रहकेो थियो ।
आयोगका जिल्ला सदस्य दुर्गादेवि रानाको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रममा प्रमुख प्रशिक्षक आयोगका केन्द्रिय विज्ञ सदस्य जगत बहादुर देउजा र आयोगका प्रवक्ता सदस्य भिम बहादुर कार्कीले सबैधानिक व्यावस्था भुमिहिन दलितहरुलाइ राज्यको निति ,भुमि सम्वन्धी ऐन,आठौ संसोधन २०७६का प्रमुख विषेशता ,विगतको अधुरो कामलाइ पुर्णता दिने ,र समस्या समाधानका लागि स्थानिय,प्रदेश र संघ विच सहकार्य समन्वय गरेर काम गर्ने ,भुमिहिन सुकुम्वासीले लिएको जग्गा १० वर्षसम्म विक्रीवितरण गर्ने नपाइने र अव्यवस्थित बसोबास लाइव्यावस्थापन गर्ने ,वर्गिकरणका आधारमा मुल्य निधारणगरेर काम गर्ने जस्ता विषय जानकारी गराइएको थियो ।
रामपुर मालपोत साखाका प्रमुख शोकाभान्त पौड्यालले रामपुरको जग्गा दर्ता सम्वन्धि प्रतिबेदन पेश गर्नु भएको थियो । होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रमको संचालन जिल्ला सदस्य भोजराज पोखरेलले गर्नु भएको हो ।


प्रकाशित : २०७७ चैत १५ गते १८:३१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology