कतारमा कोरोना संक्रमण घट्दै, के छ नेपालीको अवस्था ?

कन्दरा सम्वाददाता
प्रकाशित : २०७७ भदौ ९ गते १६:४८

कतारमा कोरोनाको संक्रमण घटने क्रममा रहेको छ । स्वास्थ्य मन्त्रालयले आज जारी गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा २ सय ७७ जनाले स्वास्थ्य लाभ गरेका हुन् । यो सँगै स्वास्थ्य लाभ गर्नेको कुल सङ्ख्या १ लाख १३ हजार ८०८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९३ रहेको छ, जस मध्य १८ जना नेपाली नागरिक रहेका छन् ।

तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ९७ जनामा गरिएको परीक्षणमा थप २ सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । हालसम्म कतारमा सङ्क्रमितको सङ्ख्या १ लाख १७ हजार ८ पुगेको छ ।

संक्रमित मध्ये ४ सय ४३ जनालाई डाक्टरहरूको निगरानीमा अस्पतालको क्वारेन्टिनमा राखिएको छ भने थप ३ सहित ६८ जनालाई आइसियुमा राखी उपचार जारि राखिएको छ ।

कुल ३ हजार ७ जनाको उपचार चलिरहेको छ । नयाँ भेटिएका सङ्क्रमितहरू आप्रवासी तथा स्थानीय नगारिकहरु रहेको बताइएको छ । आजसम्म ५ लाख ८९ हजार ९ सय २० जनामा कोरोनाको परीक्षण गरिएको छ ।

  • करिव ४ लाख नेपाली कार्यरत कतारमा हालसम्म १८ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित : २०७७ भदौ ९ गते १६:४८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology