पूर्वखोला गाउपालिका वडा नं १,२,३ र निस्दी गाउपालिका वडा नं ७ को सिमा क्षेत्र पर्ने हुमिन रिङ्नेरह दुम्कीबास सडक खण्डको जमले घाट पुलको शिलान्यास भएको छ । शिलान्यास लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले शिलान्यास गर्नुभएकाे हाे ।चाैधरिले शिलान्यास कार्यक्रममा बाेल्दै अब कुनै पनि जनतालाई यातायात खानेपानी शिक्षा स्वास्थ्य बाट बन्चित हुन नपर्ने यदि कसैलाई सुविधा नपुगेको भए स्थानीय सरकार प्रदेश सरकार र केन्द्र सरकारमा गुनासो गर्नुहुन पनि अनुराेध गर्दै उहाले भन्नुभयाे सके यही वर्ष भित्र नभए अर्को वर्षमा जनताको आवश्यकता अनुसार काम हुने बताउनु भयो । देशमा याे सरकारले केही गरेन भनेर बाटाेमा उफ्रनेहरुलाइ आ आफ्नाे स्थानीय तहमा भएका विकासका कामहरुकाे अनुगमन गरेर प्रतिक्रिया दिन मन्त्री चौधरीले भन्नू भयो । कार्यक्रमा लुम्बिनी प्रदेश साम्सद तथा नेकपा पाल्पा जिल्ला अध्यक्ष नारायण प्रसाद आचार्यले यो सडक खण्ड हुमिन रिङ्नेरह हुदै दुम्कीबास सम्मको बाटो स्तर उन्नति हुने बताउदै उहाले प्रदेश सरकार , स्थानिय सरकार र संघीय सरकार बाट विकासको लहर छाएको बताउनु भयो । पाल्पा जिल्लाको विगट क्षेत्र हरुमा पनि अहिले विकास छायको बताउदै आवश्यक ठाउँहरुमा संम्रचना हरुमा बृद्धि हुने बताउनु भयो । कार्यक्रमा निस्दी गाउपालिका अध्यक्ष मुत्त बहादुर सारुले यो पुल दुइ पालिकाको सिमानामा हुने भएको ले यातायातमा अझ सहज हुने बताउनु भयो । कार्यक्रम पूर्वखोला गाउपालीका अध्यक्ष नुन बहादुर थापाको स्वागत संचालन प्रमुख प्रशासकिय अधिकृत ज्ञानु प्रसाद पनेरु को संचालन तथा जिल्ला समन्यन समितिका कार्यवाक अध्यक्ष मिरा मरासिनी को अध्यक्षतामा सम्पन्न भएको हो ।यो पुल २०७८ सालको फागुन २७ गते सम्म सक्ने गरि ३ करोड ५९ लाख बराबरको काष्ठमण्डप तिरूपति जे वि कम्पनि ले काम गर्ने ठेक्का पाएको छ ।
प्रकाशित : २०७७ फागुन १९ गते २१:३७
Facebook Comment