फागुन १९ , रामपुर पाल्पा
रामपुर नगरपालिका रामपुर पाल्पाले महिला खुल्ला म्याराथन प्रतियाेगिताका साथ अन्तर्राष्ट्रिय नारीदिवस मनाउने भएकाे छ ।रामपुर नगरपालिकामा भएकाे सराेकारवालाहरुकाे भेलाले यसपालिकाे नारीदिवस फरक ढङ्गले मनाउने निर्णय भएसगै म्याराथन प्रतियाेगिता हुने भएकाे हाे । यश पालिकाे १११अाैप्रतियाेगितामा सहभागिहुन चाहानेले नगरपालिकाकाे महिला शाखामा ९८४९९१४५८७, ९८६७३५५६०२ मा फोन गरी नाम दर्ता गर्ने पर्ने छ । अन्तर्राष्ट्रिय नारीदिवसको अवसरमा महिलाहरुलाई प्रतिस्प्रर्दा ,अब्बल र सक्षम महसुस गराउन फरक कार्यक्रम काे अायाेजना गरेकाे रामपुर नगरपालिका उप प्रमुख विष्णुदेवि घिमिरे अाचार्यले बताउनु भयाे ।नगरपालिकाका प्रमुख प्रशासशकिय अधिकृत हरिराम नाघीलाले समाजका हरेक क्षत्रमा उत्तिकै महिलाकाे भुमिका हुन्छ भन्नुभयाे ।म्याराथनकाे लाथि रुट रामपुर नगरपालिका प्राङ्गणबाट शुरु भएर बेझाड बजार , चाेक नमुना मार्ग,बालकल्याण प्रा.वि. रामपुर अस्पताल सानिअमराई ,कालिअाप हुँदै डुम्रिगाउ चाेक भएर किसानबारी बजार हुँदै अाखाअस्पताल अगाडि प्राङ्गणमा पुग्नु पर्ने छ ।यसबर्षकाे अन्तरास्ट्रिय नारीदिवसकाे नारा महिलाकाे सुरक्षा,सम्मानर राेजगार समृद्ध नेपालकाे अाधार रहेकाे छ । म्याराथन प्रतियाेगितामा २सय जना सम्म प्रतियाेगिले नारासहितकाे टिसर्ट पाउने छन् ।प्रतियाेगितामा प्रथमले १० हजार,द्धितीयले ५ हजार ,तृतीयहुनेले २ हजार ५ सय र सान्ताेना ७ जनाले १ /१ हजार प्राप्त गर्ने छन् ।
प्रकाशित : २०७७ फागुन १९ गते ८:११
Facebook Comment