फागुन १८
प्रध्यापक , शिक्षक ,जेष्ठ नागरिक , ५५ बर्ष भन्दा माथिका सबै तथा सवारी साधन चालक तथा सहचालक र पहिलो तथा दोस्रो चरणमा छुटेका हरुलाइ तेस्रो चरणमा कोरोना भाइरस विरुद्धको खोप पालिका तथा वडा हरुले नागरिक समाज , जनप्रतिनिधि , प्रधानाध्यापक , पत्रकार , महिला स्वास्थ्य सेविका को विचमा छलफल गरि मिति र स्थान छलफल पूर्वखोलाको सवै वडामा आज सम्पन्न गरेको छ ।
कोविड -१९ बिरुद्धको खोप कोविक्सिन भ्याक्सिन सबैले लगाउन पाउने चरण बद्ध रुपमा हुने र अहिले छनोट भएको समुहले निर्धक भएर लगाउन साथै यो भ्याक्सिन लगाइसकेपछि सामान्य टाउको दुख्ने , वाकवाकि आउने सुइ लगायको ठाउँमा सामान्य दुखाई हुन सक्ने तर यसले अरु नकारात्मक असर नगर्ने बताउदै यस्ता लक्षण देखिए पनि भ्याक्सिनले कोराना भाइरस विरुद्ध लड्न सक्ने प्रतिरक्षात्मक क्षमता बृद्धि गर्ने पूर्वखोला गाऊपालिका मेडिकल अधिकृत सुदिक्षा भण्डारीले बताउनु भयो ।
उहाले पूर्वखोलाको हकमा सबै केन्द्रमा आफु उपस्थित हुने मस्तिष्क रोगी , मुटु रोगी हरुले लगाउन नहुने र अन्य रोगीको स्वास्थ्य परिक्षण गरेर मात्र यो खोप लगाईने बताउनु भयो ।
पूर्वखोलामा फाल्गुण २३ देखि २७ गते सम्म कोविक्सिन भ्याक्सिन लगाइदै छ । २३ गते सिलुवा स्वास्थ्य चौकी ,२४ गते वीरकोट स्वास्थ्य चौकी , २५ गते हेक्लाङ स्वास्थ्य चौकी २६ गते देवीनगर स्वास्थ्य चौकी तथा जल्पा स्वास्थ्य चौकी र २७ गते रिङ्नेरह स्वास्थ्य चौकी मार्फत लगाइने छ । जल्पामा दिउसो १ बजे बाट तथा अन्य स्वास्थ्य संस्थामा विहान ८ बजे बाट नै खोप लगाउने पूर्वखोला गाउँपलिकाले जानकारी गरायको छ ।
निस्दीमा फाल्गुण २३ गते देखी फाल्गुण २९ गते सम्म ७ वटा केन्द्र बाट लगाउने निर्णय भएको छ । वाकामलाङ स्वास्थ्य चौकी २३ गते , सहलकोट स्वास्थ्य चौकी २४ गते , झिरुबास स्वास्थ्य चौकी २५ गते, मित्याल स्वास्थ्य चौकी २९ गते , गल्धा स्वास्थ्य चौकी २८ गते, अर्चले स्वास्थ्य चौकी २७ गते र ज्यामीरे स्वास्थ्य चौकी २६ गते लगाईनेछ ।
त्यस्तै रामपुरमा फाल्गुण २३ गते वाट फाल्गुण २८ गते सम्म ८ वटा केन्द्र बाट लगाउने निर्णय गरेको छ ।गाडाकोट स्वास्थ्य चौकी २३ गते , आधारभुत स्वास्थ्य केन्द्र भलाएटार २४ गते , शहरी स्वास्थ्य केन्द्र रजघरा २५ गते, दर्छा स्वास्थ्य चौकी २६ गते ,रामपुर अस्पताल फाल्गुण २६-२९ सम्म भानुभत्त मा.वि.जब्गादी फाल्गुण २७ गते , वडा भवन कुम्राङ २८ गते ,गेझा स्वास्थ्य चौकी २८ गते खोप लगाईने छ ।
प्रकाशित : २०७७ फागुन १८ गते २१:५४
Facebook Comment