फाल्गुन -९ , पूर्वखोला , अर्खलडाडा
जन उज्ज्वल आधारभूत विद्यालय पूर्वखोला -३ अर्खलडाडाको ५५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अथिति पूर्वखोला गाउपालिका अध्यक्ष नुन बहादुर थापाले विद्यालय को ५५ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको समुद्घाटन गर्दै उहाले सुखी नेपाली समृद्ध नेपाल बनाउन हामि सबै जुट्नु पर्ने बताउदै उहाले शैक्षिक क्षत्रेको धरोहर रहेको शिक्षामा व्यावारिक ज्ञान घर बाट पनि सिकाउनु पर्ने बताउनु भयो । अध्यक्ष थापाले भौतिक संरचना मात्र हैन शैक्षिक गुरस्तर बृद्धि गर्ने गरि गुरुयोजना बनाउनु पर्ने बताउनु भयो । थापाले ५ बर्ष समय अबधिमा प्रेत्येक घर घर धारा हुने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश कृषि विशेषज्ञ कमान सिं थापाले शिक्षामा अनुसासन सहित विद्यार्थीको शैक्षिक गुरस्तर वृद्धि गर्दै अघि बड्नु पर्ने बताउनु भयो । थापले कृषि क्षेत्रमा उत्पादन मुलक कृषि पद्धति मा लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा पूर्वखोला गाउपालिका वडा सद्स्य हिरा बहादुर ढेंगाले शैक्षिक क्षेत्रमा राजनैतिक दलको प्रभाव हुन नहुने कुरामा जोड दिदै शुभकामना दिनु भएको थियो । समाज सेवी पूर्व शिक्षक केशब राज पंगेनीले शैक्षिक गुणस्तर बृद्धि गर्न अभिभावकको पनि उत्तिकै महत्तो हुने बताउदै शुभकामना मन्तव्य व्यत्त गर्नु भएको थियो ।
कार्यक्रममा , जनहित प्रा . वि का प्र.अ. लोक प्रसाद पंगेनी , भानुभत्त मा.वि. का शिक्षक हरि बहादुर सुर्यवंसी , हुम बहादुर आले , पूर्ण बहादुर फाल , गिता काफ्ले लगाएतले विद्यालय को ५५ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमा विद्यालयका प्र.अ कृष्ण प्रसाद पंगेनीले ५१ लख लाख ४७ हाजर सात सय ७५ रुपैया बराबरको आम्दानी खर्च प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा न ३ वडा सद्स्य प्रेम नारायण पंगेनीको अध्यक्षतामा शिक्षक मुत्तिनाथ पंगेनी को स्वागत र स.प्र.अ छविलाल पंगेनीको संचालनमा भएको हो ।
प्रकाशित : २०७७ फागुन ९ गते २०:३०
Facebook Comment