पाल्पामा चोरको बिगबिगी,पूर्वखोलाको हेक्लाङ र देवीनगरमा चोरी

अमृत काम्मु मगर/भुवन सिंंजाली/भरत सिंजाली
प्रकाशित : २०७७ पुष १३ गते ८:०१
  • पूर्वखोला,पाल्पा
    पौष १३
    पाल्पाका विभिन्न स्थानमा श्रृङखलाबद्ध चोरीका घटनाहरु हुन थालेका छन ।
    गत पौष ११ गते शनिबार राति पुर्वखोला-६,हेक्लाङका विभिन्न स्थानमा घर तथा पसल फोरेर धनमाल चोरी भएको छ । खुमडाँडाका भद्र बहादुर पुलामीको होटेलबाट रु.१५ हजार नगद,सालबासका सञ्चीसरा वि.क.को घरबाट रु. २ हजार,टेक बहादुर गाहाको घरबाट रु. ५० हजार,ट्राभल्सको टिकट र नागरिकता समेत,पूर्ण बहादुर फालको होटेलबाट नगद पाँच सय र खाद्य सामाग्री,चेत बहादुर फालको किराना पसलबाट एक तोला सुनको अौंठी,नगद छ हजार र पेन्सन पट्टालगायतका कागजात,भञ्ज्याङ्थोकका भरत सिंजालीको पोखराथोकमा रहेको स्टेशनरीबाट रु. १६ हजार नगद,टेलरिङ्ग पसलबाट रु. तीन हजार नगद चोरी भएको ताहुँ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक शिव कुमार यादवले बताउनुभएको छ । यसबाहेक धेरै जनाको घर तथा पसलका ढोकाहरु फोरिएको तर चोरी नभएको,ढोका फोर्ने प्रयास गरिएको अवस्थामा भेटिएका छन ।
    त्यस्तै त्यहीँ रात पूर्वखाेला-४, देवीनगरकाे बजार क्षेत्र र माथिल्लो लेमधेममा पनि चाेरी भएको छ।जनजागृति स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्थाकाे कार्यालय फाेरेर नगद १ हजार ४ सय,सन्ताेष लम्काहकाे पसलबाट नगद १५ हजार र १० हजार बराबरको सामान,भगवती रानाको २ ताेला सुन तथा नगद १५ हजार,छविलाल सिङ्जाली,टीका सिङ्जाली,मान ब.कवर,टिकुमाया कवर,सूर्य सिङ्जाली,दिपेन्द्र श्रेष्ठ लगायतका १५ वटा घर/पसल फाेरेर २ लाख ५० हजार बराबरको सुन तथा नगद चाेरी भएको ईलाका प्रहरी कार्यालय पूर्वखोलाले जनाएको छ।कसले कति खेर चाेरी गरेको थाहा नपाएको र बिहानपख मात्र ढोका खुल्ला देखेर घर भित्रकाे सामान हेर्दा नभेटिएकाले चाेरी भएको थाहा भएको छविलाल सिङ्जालीले बताउनु भयो ।चाेरी भएको सुचना पाउनासाथ पुर्वखाेला प्रहरी चाैकीबाट प्रहरी घटनास्थलमा पुगि अनुसन्धान भइरहेको प्रहरी चाैकीले बताएको छ।चाेरी गर्ने जोसुकै भए पछि सुक्ष्म तरिकाबाट अनुसन्धान गरि कारबाही गरिने वडा अध्यक्ष रिम प्रसाद श्रेष्ठले जानकारी दिनु भएको छ ।
    यस अघि पाल्पाकै बराङ्दी क्षेत्रमा पनि चोरी भएको समाचार आएको थियोे । यसरी चारैतिर चोरको बिगबिगी बढेपछि स्थानीय जनसमुदायमा त्रास बढेको छ ।

प्रकाशित : २०७७ पुष १३ गते ८:०१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology