चैत ३१ पाल्पा
ब्रामण समाज नेपालको आायोजनामा जागरण सभा २०८१ रामपुर पाल्पामा सम्पन्न भएको छ । समाजका रामपुर नगरकार्यसमितिका अध्यक्ष हरिप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि चैतन्य कृष्ण महाराज जी रहनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि चैतन्य कृष्ण महाराजजीले हिन्दु धर्म यसको महत्वबारे जानकारी गराउदै ब्रामण भनेको के हो कस्तालाइ ब्रामण भन्छन जस्ता विषयमा प्रष्ट पार्नु भयो ।वहाले क्रिश्यनहरुले जिससलाइ काटि ठोकि सके पछिका कुरा बाइबलमा नभएको भन्दै त्यो समयमा हिन्दु सस्कारमा रहेको बताउनु भयो । वहाले बामण त्यसै नभइनी भन्दै गायत्री मन्त्र घरमा गुन्जीनु पर्छ नित्य कर्म गर्नु पर्छ अनि अनुशासित र नैतिकवान भइन्छ भन्दै घरमा ऋभिभावकले सस्कारका विषयमा पनि ज्ञान दिन आवश्यक रहेका औल्याउनु भयो । समाजमा हिजआज विकृति विसंगति फैलिरहेको र धर्मको बारेमा ज्ञान नहुदा समाज गुज्रिरहेकोले अव घरघरमा नैतिक शिक्षा र धर्मको बारेमा ज्ञान सिकाउनु पर्ने बेला आएको बताउनु भयो । वहाले अर्काे एक प्रशंगमा कालिगण्डकी नदि शालिगराम युक्त नदि भएकोले धार्मिक महत्व रहेकामा जोड दिनु भयो । वहाले यस नदिको संरक्षण सिंगो कालिगण्डकी बेसिक्षेत्रका नागरिकविचको एकता आवश्यक रहको उल्लेख गर्नु भयो ।
कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पछिल्लो समय नैतिक शिक्ष्ााँ लोपन्मुख भएकाले आदर सत्कार सिकाउ पनि धर्मको महत्व रहने र यसको लागि ब्रामण समाजकोअभियान फलदायि भएको बताउनु भयो । कार्यक्रममा अन्तराष्टिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना ब्रामण समाज नेपालका जिल्लाकार्य समिति पाल्पाका सदस्य राजेन्द्र प्रसाद लम्साल ब्रमकुमारी इश्वरीय विश्वविद्यालय रामपुर शाखा प्रमुखब्रमकुमारी सरस्वती लगायतले जातियताको नाममा विखण्डन हुन नहुने भन्दै धर्मका बारेमा बोल्नु भएको थियो । कार्यक्रममा रामपुर नगरपालिका भित्रका भजनकृतन तथा रामपुर ७ को १० अवतार बालन प्रर्दशन गरिएको थियो । ब्रामण समाजका उपाध्यक्ष सुर्य प्रसाद न्यौपानेको स्वागत मन्तव्य बाट शूरु भएको क्रार्यक्रममा स्वस्तीबाचन गरिएको हो ।
कार्यक्रममा राष्टिय लोक गायक बुद्धिसागर बस्यालको बाजेका पालामा सुनमाया ,डाँफे नाचेर ,भजन लगायतका थुप्रै प्रस्तुतिले दर्शकलाइ नचाएको हो । रामपुर बेझाडमा भएको कार्यक्रममा धनराज गौतमले २० कार्टुन ,सन्ध्या लाइट हाउसले १५ कार्टुन पानि सौजन्य गर्नु भएको हो भने समाजसेवि हुमनाथ न्यौपानेले ४० वटा रुद्राक्षमाला सौजन्य गर्नु भएको हो । साथै राष्टिय गायक बस्यालले रामपुर ७को १० अवतार बालन समुहलाइ ५० हजार सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
प्रकाशित : २०८१ चैत ३० गते १०:४६