बन्‍यो दुई प्रदेश जोड्ने पक्की पुल, डेढ घण्टाको बाटो १५ मिनेटमा !!

www.kandaranews.com
प्रकाशित : २०८१ चैत २९ गते १५:२२

बन्‍यो दुई प्रदेश जोड्ने पक्की पुल, डेढ घण्टाको बाटो १५ मिनेटमा ।

गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । पुल निर्माण भएर उद्घाटन नभए पनि यहाँबाट यातायातका साधन सञ्चालन हुन थालेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णुभक्त सिग्देलले बताए । पुल निर्माणले गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोडेको छ ।


प्रकाशित : २०८१ चैत २९ गते १५:२२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology