फागुन २८ रमा भण्डारी रामपुर पाल्पा
वरिष्ठ लोकगायक तथा संगीतकार पुरुषोत्तम न्यौपानेका गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्न ‘पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ’ हुने भएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा चैत २२ गते पोखरा सभागृहमा सांगीतिक साँझ हुने प्रतिष्ठान का केन्द्रीय सचिव शंकर ‘विरही’ गुरुङले जानकारी दिनु भयाे ।
स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ बलाम, बेलटारीमा वि.सं. २०२९ सालमा जन्मिएका न्याैवाने २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका गर्नु भयाे । उहाकाे स्वरमा हजार बढी गीत सार्वजनिक भइसकेका छन् ।
न्यौपानेका ‘सरर पानी घट्टमा’, ‘घामजस्तो चम्किलो जुन हुँदैन’, ‘रुन्छ नि मन किन रुँदैन’, ‘ऐना हेरेर’, ‘मायाले मार्यो’, ‘मिर्मी मुनि काली थुनेको’, ‘ढुंगेधारामा’, ‘देउरालीमा ध्वजा’लगायत थुप्रै गित चर्चित छन् ।
स्याङ्जामा जन्मिएका न्यौपाने पोखरामा बसेर संगीत कर्ममा सक्रिय हुनुहुन्छ । वहाँ रेडियो नेपालमा कार्यक्रम अधिकृत पद कार्यरत हुनुहुन्छ ।स्वदेशदेखि अमेरिका, अस्ट्रेलिया, क्यानाडा, युरोप, जापान, लगायतका दर्जन बढि देशमा आफ्नो प्रस्तुती दिनु भएकाे छ । न्यौपाने म्युजिक नेपाल अवार्ड लगातार तीन पटक पाउने र हालसम्मकै एक मात्र कलाकार हुनुहुन्छ।। उहाले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जित्जिनु भएकाे छ ।
जीवनसंगिनी भगवती न्यौपानेसँग सुखद दाम्पत्य जीवन बिताइरहनु भएका गायक न्यौपानेका एक छोरा र एक छोरी छन् । न्यौपाने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष हाल सल्लाहकार हुनुहुन्छ ।।
एक महिला नेतृले सम्हालेको लोक दोहोरी गीत प्रतिष्ठानको यो एक प्रतिष्ठित कार्यक्रम हो
प्रकाशित : २०८१ फागुन २८ गते २२:१२
Facebook Comment