फागुन २७ रमा मण्डारी रामपुर पाल्पा
रामपुर नगरपालिका वडा नम्वर ५ सानिअमराइ पाल्पाले दुर्गा मन्दिरको सोमबार एक कार्यक्रमका विच शिलन्यास गरिएको छ । रामपुर नगरपालिका वडा नम्वर५ले एक लाख पच्चिस हजार विनियोजन गरे पनि मन्दिर निर्माण गर्ने योजनाका साथ मन्दिरको शिलन्यास गरेको हो ।वडा नम्वर ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल र बयोबृद्ध समाज सेवि पद्यम प्रसादभण्डारीले संयुक्त रुपमा शिलन्यास गर्नु भएको हो ।
जम्मा ७ लाख लागत स्टमेट मा सम्पन्न हुने दुर्गादेविको मन्दिर निर्मांण सम्पन्न गर्नु का लागि वडाले बजेटको थप गर्नै र सम्पन्न गर्नै वडा अध्यक्ष पोखरेलले बताउनु भयो । सोमबार बैदिक विधि अनुसार शिलन्यास गरेको हो ।
मन्दिर निर्माण समितिका अध्यक्ष डम्वर प्रसाद थापाको अध्यक्षतामा भएको शिलन्यास कार्यक्रममा वडा नम्वर ५का सदस्य तथाकार्यपालिका सदस्य माया नेपाली गोपाल कुमाल सदस्य युवराज शाहि इश्वरी काफ्ले समाजसेवि फणेश्वर गौतम लगायतले मन्दिर निर्माणका लागि सबै को साथ र सहयोग आवश्यक पर्नेहुदा आ आफ्नो ठाउबाट सहयोग गर्ने अनुरोध गर्नु भयो ।

प्रकाशित : २०८१ फागुन २७ गते १०:२०
Facebook Comment