फागुन १२, रमा भण्डराी रामपुर,पाल्पा
जनतालाई सहज सेवा प्रदानका लागि रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविरआइतबार सञ्चालन गरेको हो। भूगोलका हिसावले टाढा रहेको वडा नं १ र २ लाई मध्येनजर गर्दै दोस्रो चरणमा वडा नं १र २ लाई लक्षित गरि वडा नम्बर १ को चन्तडियान मा घुम्ती शिविर सञ्चालन गरिएको हो । अब १० नम्बर वडामा पनि शिविर सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।
शिविरबाट हिउँदे अधिवेशन बाट बजेट रकमान्तर भएका योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशु सेवा लगायतका सेवा आँखा, कान, घाँटी तथा दन्त परिक्षण सहित अन्य स्वस्थ्य परिक्षण सेवा प्रदान गरिएको थियो ।
नागरिकको सहज पहुँच वृद्धिका लागि सबै सेवा नागरिकलाई सहज प्रदान गर्ने उदेश्य ले शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । वहाले नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसावले टाढा रहेका नगरबासीको लागि अन्य स्थानमा पनि शिविर संचालन गर्ने योजना रहेको पण्डितले बताउनु भयो ।
नगरपालिका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले सहभागिलाई स्बगत गर्नु भयो । वडा नम्बर १ मा भएको शिविर प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डित को अध्यक्षतामा भएको हो ।
शिविरका मुख्य पाहुना नगर उपप्रमुख बालकुमारी थापा रहनु भयो । वहाले शिविरको व्यानर पढेर उद्घाटन गर्नु भयो । वहाले दुरदराजमा रहेका वडा बासिलाई सहज सेवा दिने शिविरमा मुस्कान सहितको सेवा दिन कर्मचारीलाई अनुरोध गर्दै गाउघरमै आएको सेवा लिन सेवा ग्राहिलाई एकै ठाउबाट सबै सेवा दिने भएकाले सेवा ग्राहिले सेवा लिन अनुरोध गर्नु भयो ।
शिविरमा ३ जनालाई जेष्ठ नागरिक परिचय पत्रमुख्य पाहुना थापाले प्रदान गर्नु भउको हो । वडा नं। १ मा भएको शिविरबाट एकै दिन ३ सय ९जना सेवाग्राहीले सेवा लिएको वडा अध्यक्ष कृष्ण बहादुर दर्जिले जानकारी दिनु भयो ।
शिविरमा स्वास्थ्य जाँच तथा ल्यावसेवा १५० जना, आँखा तथा कान जाँच ज्ञठटजना, दन्त परिक्षण १४९सामाजिक सुरक्षा भत्ताको बायोम्याट्रिक ५० जना, बेरोजगार व्यक्ति सुचिकरण सेवा १७ जना, अपाङ्गता तथा जेष्ठ नागरिक परिचयपत्र २६ जना, योजना सम्झौता ७ , बैंक खाता खोल्ने ११ पशु सेवा १९८र कृषि सेवा १५२ जनाले सेवा लिएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । साथै शिविरमा ३ जनाले माटो परिक्षण र गोवर ८ जना कृषकले परिक्षण गराएका छन् ।
वडा कार्पलयको परिसर मा भएको शिविरमा रामपुर अस्पतालको समन्वयमा विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य सुगर प्रेसर जाँच र कालीगण्डकी आँखा उपचार केन्द्रको समन्वयमा आँखा तथा कान परिक्षण र आौषधी वितरण गरिएको थियो ।
वडाबाटै सेवा प्राप्त गरेसँगै स्थानीयहरु खुशी भएका छन् । नगरपालिकाले यस अघि वडा वडा मै पुगेर चालू आर्थिक वर्षमा सञ्चालन हुने योजनाको सम्झौता र बैक खाता खोलेको थियो ।

प्रकाशित : २०८१ फागुन १२ गते १८:५२
Facebook Comment