रमा भण्डारी रामपुर पाल्पा
पाल्पाको रामपुरमा जारी चौथो रामपुर महोत्सबमा मंगलबार पनि दर्शकको उल्लेखनिय उपस्थीति रहेको थियो । पाल्पाली बरिष्ट कलाकार दुर्गा रायमाझी सँगै गीतसंगितका हस्ती शिब हमाल र धमाका मच्चाउने रमेशराज भट्टराईको प्रस्तुति रहको थियो ।![](https://www.kandaranews.com/wp-content/uploads/2025/02/Screenshot_20250205-074040-600x325.png)
पछिल्लो समय देउडा र लोकगीतसँगै अभिनयबाट चर्चाको शिखरमा रहेकी गायिका ईब्सल सन्ज्यालको प्रस्तुतिले दशर्कलाइ नचाएको हो । ।
राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानका पुर्व अध्यक्ष समेत रहनु भएका दुर्गा रायमाझी ,गित संगित तथा नाट्य प्रतिष्ठानका प्राज्ञ समेत रहनुभएका रायमाझीका निकै चर्चित विदेशिएका नेपाली र गाउँलेको भावना बोकेको भावुक देखि नचाउने गीत रहेका छन् ।![](https://www.kandaranews.com/wp-content/uploads/2025/02/Screenshot_20250205-074107-600x306.png)
गायक शिब हमालको प्रस्तुति दर्शकका लागि धमाकेदार भएको थियो । ‘मन परेको फुल खसेको’, ‘देउरालीको भट्टी पसल’, ‘लगायतका सयौं गीत चर्चामा छ ।![](https://www.kandaranews.com/wp-content/uploads/2025/02/Screenshot_20250128-132656-600x304.png)
धमाका मच्चाउने गायक रमेशराज भट्टराईको बहुला बनाएर गइ जस्ता देश प्रतिको माया झल्काउने लगायतका गितले मञ्च तताएको थियो । देउडा तथा लोकगायिका इब्सल सन्ज्याल पछिल्लो समय चर्चामा रहेकी कालाकार हुन् । डेउडा गितबाट कलाकारीतामा पाइला चालेकी कलाकार सन्ज्याल अहिले चर्चामा रहेकी छनु ।
प्रकाशित : २०८१ माघ २३ गते १०:२९
Facebook Comment