सरकारले मुलुकको विकास र जनता राहत प्रदान गर्नका लागि अध्यादेश ल्याएको मन्त्रि शाहि ।।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ माघ १६ गते ९:०७

माघ १६ रमा भण्डारी रामपुर पाल्पा
मुलुकको विकास र जनतालाइ राहत प्रदान गर्नका लागि अध्यादेश ल्याएको नेपाल सरकारका बन तथा बाताबरण मन्त्री ऐन बहादुर शाही ले बताउनुभयो । चौथो रामपुर महोत्सव तथा व्यापार मेलाको समुद्घाटन गर्दै सरकारले मुलुकको विकास र जनतालाइ राहत प्रदान गर्नका लागि अध्यादेश ल्याएको बताउनुभयो । आथिक समृद्धिका लागि उद्योग र व्यापार कालिगण्डकी उपत्यका विकासको आधार भन्ने मुल नाराका साथ शुरु भएकोमेलामा वहाले यस्तो बताउनु भएको हो ।
मन्त्रि शाहिले देशमा नयाँ उद्योग स्थापना, उद्योगलाई व्यवस्थित गर्दै लगानी मैत्री वातावरण सृजना गरेर नीजि क्षेत्रलाई प्रोत्साहन गर्दै देशलाई समृद्धिको यात्रामा अघि बढाउन अध्यादेश ल्याईएको स्पष्ट पार्नु भयो । वहाले जलवायु परिवर्तनको प्रभावका कारण नेपालले ठूलाठूला घटना बेहोर्नु परेको भन्दै जलवायु परिवर्तनले पार्ने समस्या न्यूनिकरणका लागि काम भइरहेको बताउनु भयो ।

बन तथा बाताबरणमन्त्री शाहीले नेपाली जनताका निराशाहरुलाई आसा र भरोसा सिर्जना गर्नेगरी बिकाश र समृद्धिको लक्ष्य पुरा गर्न सरकार लागिपरेको बताउनुभयो । मन्त्री शाहीले सरकारले अहिले ल्याएको अध्यायदेश आम जनताको हितमा ल्याइएको बताउनुभयो ।
उहाँले बन मन्त्रालयसंग सम्बन्धितविषयहरुमा आफ्नो ध्यानाकर्षण भएको बताउँदै आबस्यक सहयोग र समन्वय गरेर काम गर्ने बताउनुभयो । यो ठाउँको पर्यटन प्रबर्द्धन गर्न, कृषि उत्पादनको वृद्धि गर्न र समग्र यस क्षेत्रको बिकाशका लागी आबस्यक पहलकदमी गर्ने समेत बताउनुभयो ।
कार्यक्रममा रास्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले यो क्षेत्रको बिकाशमा आफू कटिबद्द भयर लागिरहेको बताउनुभयो । उहाँले कालीगण्डकीको सम्पदालाई जोगाउन पर्छ भन्दै यस कालिगण्डकी बेसिका जनताको मुख मारेर उरर्भर भुमिलाइ मरुभुमि बनाउन खोजेको आरोप लगाउनु भयो । वहाले धार्मिक तथा पर्यटकिय स्थलको सम्मान गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य एबं अर्थ उद्योग तथा पर्यटन समिति सभापति राजुप्रसाद श्रेष्ठले नेपाल सरकारले भर्खर ल्याएको भुमि सम्बन्धि अध्यायदेशले भुमिहिन, अब्यबस्थित र सुकुम्बासीका समस्या समाधान गर्ने बताउनुभयो ।उहाँले यो क्षेत्रमा प्रदेश सरकारबाट करोडौं बजेट पार्न सफल भएको बताउँदै बिकाश निर्माणका कामले गति लिएको बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य एबं पुर्ब मन्त्री वीर बहादुर रानाले यहाँका कला, संस्कृती र स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न महोत्सव सफल होस् भनी शुभकामना दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जुन उदेश्यले महोत्सव आयोजना गरिएको छ त्यसमा सफलता मिलोस भनी शुभकामना दिनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले रामपुरमा रहेका खैरेनी सामुदायिक बन, ज्याग्दी सामुदायिक बन लगायत यस क्षेत्रका सामुदायिक बनहरुको संरक्षण र बिकाशका साथै बाताबरण सन्तुलनमा राख्न आबस्यक बजेटको ब्यबस्थापन गर्न मन्त्रीसमक्ष आग्रह गर्नुभयो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुवेदी, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका सभापति हिमालदत्त श्रेष्ठ ,रास्ट्रिय जनमोर्चा जिल्ला कमिटी अध्यक्ष विशाल दर्लामी, नेपाल उद्योग बाणिज्य महासघंका केन्द्रिय सदस्य मोहन श्रेष्ठ, अन्तरास्ट्रिय बिपि चिन्तक प्रतिस्ठानका अध्यक्ष सन्दिप राना लुम्बिनी प्रदेश उद्योग बाणिज्य संघका कार्यबाहक अध्यक्ष कुल प्रसाद न्यौपाने, पाल्पा उद्योग बाणिज्य संघका अध्यक्ष सैलेन्द्र भट्टराई, रास्ट्रिय लोक दोहोरीगित प्रतिस्ठानका केन्द्रिय अध्यक्ष रिता थापा ,नेपाल पत्रकार महासघं पाल्पाकी उपाध्यक्ष बन्दना पोखरेल लगायतले आफ्ना धारण राख्दै महोत्सवको पुर्ण सफलताको शुभकामना दिनुभयो । रामपुर नगरपालिका वडा नम्बर ५ बेझाँडको रामतुलसी माद्यामिक बिद्यालयको खेल मैदानमा भएको कार्यक्रममा स्वागत अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल र संचालन संघका महासचिव पुर्शोत्तम केसीले गर्नुभएको थियो ।स्थानीय उत्पादनलाई प्रबर्द्धन गर्न, कालीगण्डकी क्षेत्रको पर्यटन प्रबर्द्धन गर्न, स्थानीय कला संस्कृतिको संरक्षण गर्न र यो क्षेत्रको आर्थिक समृद्धिको लागी महोत्सव आयोजना गरिएको हो । मेला समुद्घघाटनको पुर्ब सन्ध्यामा विभिन्न संघसस्था, समुदाय र समूहहरुले आआफ्नो कला संस्कृती र परम्परा झल्कने भेषभुसामा सजिएर संघको कार्यालय नहरअफिसबाट सुरु भएर झाँकी र्याली बेझाँड बजार हुँदै महोत्सव स्थलसम्म आएर र्याली समापन भएको थियो । कार्यक्रममा रास्ट्रिय लोक दोहोरीगित प्रतिस्ठानका केन्द्रिय अध्यक्ष रिता थापाको प्रस्तुति,उद्दिराम खड्काको मयुर नाच सहित स्थानीय कलाकारहरुको प्रस्तुतीले सहभागी दर्सकहरुलाई रमाइलो गराएको थियो ।
महोत्सवमा १ करोड २० लाख आम्दानी गर्ने लक्ष्य राखेको र ८० लाख खर्च हुने अनुमान रहेको आयोजकले बताएको छ ।


प्रकाशित : २०८१ माघ १६ गते ९:०७

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology