पाल्पाली सेवा समाज दोहा कतारले मनायो १८औं स्थापना दिवश ।

माधव भण्डारी, दोहा कतार
प्रकाशित : २०८१ पुष २९ गते १३:४४

” पाल्पाली सेवा समाजको प्रतिबद्धता निस्वार्थ समाजसेवा आजको आवस्यकता ” भन्ने मूल नाराका साथा २००७ सालमा दोहा – कतारमा स्थापति पाल्पाली सेवा समाज दोहा – कतारले दोहा स्थित मुन्ताजा पार्कमा १८ औं स्थापना दिवश मनाएको छ ।

स्थापना दिवश कुनै हलमा मनाउदा लाग्ने खर्चलाई जोगाएर जिल्लामा केही सामाजिक क्षेत्रमा खर्च गर्ने उदेश्य रहेको बारेमा कार्यक्रमको सुरुमै कार्यक्रमका सहजिकरण गरेका संस्थाका महासचिव माधव भण्डारीले उपस्थित सबैमा जानकारी दिदै स्वागत गरे । अली ढिलो शुरु भएको कार्यक्रम संस्थाको अध्यक्ष विश्वनाथ भट्टराईको अध्यक्षता भएको थियो ।
संस्था संस्थपना गर्दा देखिएका आरोह अवरोधका साथै संस्थाले गरेका राम्रो कामको बारेमा प्रष्ट पार्दै शुभकामना संस्थाका प्रमुख संरक्षक लिलम चिदिले दिइएका थिए ।
संस्थाका प्रमुख सल्लाहकारले संस्थाले गरेका राम्रो कामको प्रसंसा गर्दै सबैमा एकजुट भएर अघि बढ्नलाई जोड दिए भने सस्थाकौ पूर्व उपाध्यक्ष , सल्लाहकारहरुले सबैलाईशुभकामा दिए भने वरिष्ठ उपाध्यक्ष विकास गैरेले कतारमा भन्दा पनी आफ्नै जिल्लामा कायक्रमहरु गरेको बताए ।
पाल्पालीको प्रसिद्ध खाना चुकैनी र सेल रोटी सहित पाल्पाली दिदि बिहिनीहरुले उपस्थित हुदाँ सबैलेले घरको याद सम्झिदै अन्तिम सम्म बसि कार्यक्रमलाई थप रमाइलो बनाएका थिए।
करिब ६०जना पाल्पालीहरुको राम्रो उपस्थितमा अध्यक्ष भट्टराईले सबैलाई धन्यवाद दिइ कार्यक्रमको समापन गरेका थिए ।कार्यक्रम भव्य रूपमा सम्पन्न गर्दा लाग्ने खर्चलाई कम गर्दै उक्त रमक पाल्पा जिल्लामा केही सामाजिक क्षेत्रमा खर्च गर्ने भएकाले संस्थाको बाह्रौं बैठमै पाल्पालीहरु मात्रै भएर एउटा पारिवारिक माहोलमा सम्पन्न गरिएको थियो ।


प्रकाशित : २०८१ पुष २९ गते १३:४४

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology