भुवन सिंजाली- देविनगर,पाल्पा
पूर्वखाेला गाउपालिका वडा नम्बर ४ देविनगर वडा कार्यालयकाे लक्षित वर्ग कार्यक्रम अन्तरगत बालबालिकाकाे लागि विनियोजन गरेको ६०,०००/ बजेट मध्यबाट बाल चेतना बाल मंचकाे अायाेजनामा देविनगर वडाको सभाहलमा तालिम संचालन भएको हाे।
बालबालिकालाई नेतृत्व विकास बढाउने। कार्यक्रम संचालन गर्न सक्क्षम बनाउने र बाल क्लब सक्रिय बनाउने उद्देश्यले तालिम संचालन गरेको देविनगर वडाका सदस्य भुवन सिंजालिले बताउनुभयो ।
तालिममा नेता के हाे । नेता कस्ता कस्ता हुन्छ । असल नेतामा कस्तो गुण हुनु पर्छ। नेतृत्व के हाे । नेतृत्व कसरी गर्नु पर्छ । नेतृत्व गर्दा के के कुरामा ध्यान दिनु पर्छ । कार्यक्रम संचालकलाइ उदघाेषण भनिन्छ । कार्यक्रम संचालन गर्नु भन्दा पहिला के के कुराकाे जानकारी लिनु पर्छ । कार्यक्रम संचालन कसरी गर्ने , कसरी बाेल्ने , माइ कसरी प्रयोग गर्ने लगाएको बारेमा प्रयाेगात्मक रुपमा समाज उत्थान सहयोग केन्द्र पाल्पाका अध्यक्ष बल बहादुर थापा देविनगर वडाका सदस्य भुवन सिंजालिले सहजिकरण गर्नु भएको थियो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पुर्वखाेला गाउपालिकाका प्रवक्ता तथा देविनगर वडाका अध्यक्ष मेहर सिं थापाले भाैतिक विकास मात्र विकास नभइ मानविय क्षमता वृद्धि गर्नु पनि विकास हाे । बालबालिकालाई सचेत सक्क्षम गराउन सके भाेलि समाज परिवर्तनमा महत्त्वपूर्ण भुमिका निर्भाह गर्न सक्ने , सहि नेतृत्व निर्णय लिन सक्ने ण्हुन्छ । बालबालिका संगठित गर्ने , बैठक बस्ने , छलफल गर्ने ,निर्णय निवेदन लेख्न , कार्यक्रम संचालन गर्ने बनाउन नियमित तालिमकाे अावश्यकता पर्दछ ।विभिन्न कार्यक्रमहरु नियमित रुपमा संचालन गर्न बाल मंचलाइ निर्देशन दिनु भएको थियो । बालबालिकाकाे लागि देविनगर वडाले अार्थिक सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
तालिमका सहभागी इन्दमाया गाहा कमल सिं मगरले बाल मंचले तालिम अायाेजना गरि दिएर धेरै कुरा सिक्न पाएकाे र भाेलि क्लब बाल मंचलाइ सहि तरिकाले अगाडि बढाउन र जुनसुकै कार्यक्रम सफताका साथ संचालन गर्न सक्ने भएको भन्दै खुसि व्यक्त गर्नु भयो ।
बाल चेतना बाल मंचका सहसचिव जानकारी सुर्यवंशिकाे संचालन भएको तालिम समापना बाल मंचका उपाध्यक्ष खुसि दर्लामिले तालिम संचालन गर्न अार्थिक सहयोग गरिदिने देविनगर वडा कार्यालय , दुई दिन सम्म प्रशिक्षण गरिदिने प्रशिक्षकहरु , नास्ता ,स्टेसनरी व्यवस्थापन गरिदिने हाेटल पसलहरुलाइ धन्यवाद दिनु हुदै तालिम समापन गर्नु भएको थियो ।
प्रकाशित : २०८१ पुष २५ गते २२:५९
Facebook Comment