लुम्बिनी प्रदेशको पाल्पा जिल्लामा ‘नेपालको ताजमहल’ को रुपमा प्रख्यात रानी महल छ । रानिमहल नजिकै ‘क्वीन कयासल- क्याम्पिङ्ग स्टेशन’ संचालन गर्छन् २६ बर्षिय ठाकुर पाण्डे । आन्तरिक र बाह्य पर्यटकको घुइचो हुने भएकोले ब्यापार राम्रो चलेको छ । तर पाण्डे युरोप को कुनै देस पठाउन सक्ने भरपर्दो एजेन्टको खोजिमा छन् ।
तथ्याङ्कले बताउने दैनिक दुई हजार जना को बिदेश पलायनको कुरा ले उनलाई पिरोलेको छ । पिताको पांच बर्ष अघि देहान्त भएको र सबै दिदी बहिनीको बिहेवारी भैसकेको ले घरमा आमा लाई एक्लै छाडेर विदेस नजाने बिचार थियो उनको । तर आफ्नो उमेरका सबै बिदेस गइसकेकोले आफुमात्र एक्लै गाउमा अलमलिएको जस्तो लाग्छ उनलाइ । गांउका आधा जति घर खालि छन्, बांकिमा वृद्द् वृद्दा मात्रै छन् । कालीगण्डकीको पानिले सिंचाइ हुने र पर्याप्त उब्जनी हुने खेत बांझै छन् । “यहि बसेर लाख कमाएर मात्र के गर्नु, बिदेस नजाने हो भने म संग बिहे गर्ने केटी पनि पाइन्न”, पाण्डे निरास हुन्छन् ।
राजनैतिक अस्थिरता, अवसरको कमी, कमजोर शिक्षा प्रणाली आदीको कारण नेपालमा भविष्य अनिश्चित हुने भन्दै रोजगारी र अध्ययनको लागी विदेस जाने र जाने प्रकृयामा हुने को संङ्ख्या ठूलो छ । पासपोर्ट बनाउने, सकेसम्म राम्रो सेवा सुविधा हुने भनिएका देस जाने, यो नै अहिलेको पुस्ता को आम उद्देश्य बनेको छ । नेपालमा नै बसेर केहि उधम तथा जागिर गर्छु भन्नु लाइ अनौठो मानिन थालेको छ । नागरिक दैनिक २० पुष २०८१ मा प्रा.डा. विकासराज सत्यालको भनाइ उधृत गर्दै लेख्छ ‘नेपालका ८३ प्रतिसत यूवा देसमा छैनन्।‘
उत्पादनशिल उमेरसमुहको पलायन बाट तत्काल विप्रेषणको ग्राफ उकालो लागेको देखिएको हुन्छ । तर यसले सामाजिक, आर्थिक, राजनैतिक र सांस्कृतिक क्षेत्रमा दिर्घकालिन असरहरु पार्ने देखिन्छ । नेपालको प्रमुख आय स्रोत कृषि र पर्यटन उधोग धरासायि बन्दै जानु, दैनिक उपभोग्य सामग्रीको आयात अत्याधिक बढ्नु यि असरका प्रारम्भिक संकेत हरुको रुपमा लिन सकिन्छ । बैदेसिक रोजगार बोर्डको आंकडा ले बार्षिक १ हजार ५ सय को हाराहारीमा शब विदेसबाट नेपाल आउने गरेको देखिन्छ ।
पर्याप्त रोजगारीको सिर्जना, सिप तथा क्षमता विकास, निति नियम एवं शिक्षा प्रणालिको सुधार, श्रमिकको हक हित अधिकारको रक्षा जस्ता बिभिन्न उपायहरु अवलम्बन गरेर ठाकुर पाण्डे जस्ता युवाहरुको विदेस पलायन कम गर्न पर्ने देखिन्छ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ट्विटरमा यही प्रवृत्तिबारे प्रश्न उठाउँदै लेखेका छन्ः ‘राज्यले आफ्ना नागरिकलाई देशभित्रै राम्रो/यथेष्ट रोजगारी सिर्जना गर्ने नीति लिने, स्वदेशी/विदेशी लगानी र निजी उद्यमशीलता प्रवर्धन गर्ने आदि काम गर्नुपर्नेमा पुँजी आयातमा रुवावासी र श्रम निर्यातमा नाचगान गर्ने यो कस्तो उल्टो बुद्धि हो? संसारमा श्रम निर्यात गरेर कुन देश धनी भएको छ?’
प्रकाशित : २०८१ पुष २२ गते १९:५२
Facebook Comment