इलाका प्रशासन कार्यालय रामपुरको नबनिर्मित भवनको गृहमन्त्री लेखकले उद्घाटन गर्नुभयो

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ पुष ३ गते १८:४२

पौष ३
रमा भण्डारी रामपुर पाल्पा
पाल्पाको पुर्व भेग रामपुरमा स्थापना भएको इलाका प्रशासन कार्यालय रामपुरको नबनिर्मित भवनको गृहमन्त्री रमेश लेखकले बुधबार उद्घाटन गर्नुभएको छ ।
नबनिर्मित भवन निर्माण भई हस्तान्तरण गरे संगै गत साउनबाट आफ्नै भवनमा सेवा शुरु गरेको कार्यालय भवनको गृहमन्त्री लेखकले उद्घाटन गर्नुभएको हो । यसैबीच गृहमन्त्री लेखकले प्रशासन कार्यालयबाट राष्ट्रिय परिचय पत्र र राहदानी सेवाको पनि शुभारम्भ गर्नुभयो । नेपाल सरकारका गृह सचिव गोकर्ण मणि दुवाडिको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना नेपाल सरकारका गृह मन्त्रि रमेश लेखक ले भवनको उद्घाटन गर्नु भयो । नेपाल सरकारका गृह मन्त्री लेखकले रामपुर सग आफ्नो अति नजिकको सम्बन्ध रहेको बताउदै कालिनदिको विशेष महत्त्व रहेको बताउनु हो । कालिगण्कि करीडोरको पनि काम रामै गरि भएको यो ठाउँ देशकै समुन्नत भएको बताउनु भयो । कालिगण्किको प्राचिनतम सम्ब्यता रहेको ले अति महत्वपुर्ण रहेको बताउनु भयो ।जिल्ला प्रशासन कार्यलय पाल्पाबाट दिने सेवा रामपुरमै हुने भन्दै पास्पोट र राष्ट्रिय परिचय पत्र यहिबाट हुन्छ भन्दै आगामिदिनम कुनै पनि समस्या नभईकन सेवा दिने बताउनु भयो । विधिको शासन शान्ति सुरक्षा अमन चयन विना कुनै पनि काम नहुने भन्दै पहिलो शर्त भनेको शान्ति सुरक्षा हुन्छ गरिन्छ भन्नू भयो ।वहाले डियसपि शहितको कर्मचारी शान्तिी सुरक्ष को लागि गर्ने बचन दिनु भएको छ ।
सघिय साम्सद नारायण प्रसाद आचार्य भाडामा लिएर शुरु गरेको ईलाका प्रशासन कार्यलय को भवन निर्माण भएकोमा खुशि व्यक्त गर्नु भयो । जनतालाई प्रत्यक्ष फाईदा हुने कुरामा ध्यान दिन अनुरोध गर्नु भयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य राजेन्द्र लक्ष्मि गैह्रेले बोल्दै कर्मचारी समायोजन ,स्थानिय निकााया कर्मचारीको व्यवस्थापन कुरा लाई जोड्दै कालिग्डकि करीडोर को बाटोमा पर्ने द्ध बटा पुल अस्तव्यस्त भएको जानकारी गराउनु भयो । गैडा कोट देखि आउने करीडोरमा पाल्पाको पनि अझै केहि भागमा काम पुरा नभएको बताउदै विकास निर्माणमा सबै लाग्न पर्ने बताउनु भयो ।
लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले रामपुर अस्पतालमा अब एक हप्तामै अस्पताल विकास समिति तयारहुने भन्दै अस्पताललाई व्यवस्थित गरेर लैजाने बतनउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य वीर बहादुर राना ले भवन मात्र भएर हुदैन भवनबाट दिने सेवा चुस्त दुरुस्त छिटो छरितो हुनु पर्छ भन्नू भयो ।सम्पर्ण पालिकाहरुको तर्फबाट बोल्दै रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाले ै समग्र रामपुरको विकास निर्माण सगै छिमेकी पालिकाको बारेमा पनि बताउनु भयो । वहाले कालि गण्डकी भनेको हाम्रो सभ्यता हो भन्दै यसको डाइर्भसनको कुराभइरहेकोमा यहा का जनता चिन्तीत भएको बताउनु भयो । वहाले यदि कालिगण्डकी डाइभर्सन भयो भने यहाका जनतालाइ मान्य नहुने भन्दै गृह मन्त्रीको ध्यानकर्षण गराउनु भएको छ । वहाले सबै गण्डक िबेसीको विकास निमाणका सबै जानकारी गराउनु भयो । कार्यक्रममा जिल्ला समन्य समितिका टंकनाथ खनालले विभिन्न योजनाको काम ठेकेदारले समयमा काम नसक्नी समस्या बढि भएको अनुगमनमा भेटिएको भन्दै योजनाको काम हरु पारर्दशि हुनु पर्ने बताउनु भयो वहाले यातायात भाडादरमा कच्चि र पक्कि बाटोको भाडादर समायोजन नभएको भन्दै भाडादर मा समायोजन गर्न अनुरोध गर्नु भयो ।
र्काक्रममा पत्रकार महासघका जिल्ला अध्यक्ष कमलराज तिमिल्सीनाले जुन सुकै कार्यलयमा जादा पनि सेवा ग्राहिलाइ छिटो र सजिलो सेवा दिनु पर्छ भन्दै सेवा ग्राहिको गुनासो सुनिएकोले अव त्यस्तो हुन नहुनी बताउनु भयो । पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयानारायण सुबेदिले समग्र पाल्पाको समस्याको बारेमा बताउदै सहभागिलाइ स्वागत गर्नु भएको हो ।
२०७३ साल असार १० गते पाल्पाको पुर्व क्षेत्र समेटेर रामपुरमा इलाका प्रशासन कार्यालय स्थापना भएको थियो । ३ स्थानसम्म सर्दै भाडाको घरबाट सेवा दिदै आएको इलाका प्रशासन कार्यालयले भवन निर्माण सम्पन्न गरि गत साउन ७ गतेदेखि आफ्नै कार्यालयबाट सेवा दिन शुरु गरेको थियो। इलाका प्रशासन कार्यालय रामपुरले हाल रामपुर नगरपालिकाका १० वटै वडा, निस्दीको १ देखि ६ वडा नम्बर र पुर्वखोला गाउँपालिकाको १ नम्बर वडा गरि १७ वडालाई सेवा दिदै आएको छ ।
२०७७ साल माघ १३ गते पुर्जा पाएकोमा २०७९ साल असार २२ गते बाँसुरी मोबाइल जे।भी।सँग ठेक्का सम्झौता भएर भवन निर्माण शुरु भएको थियो ।
डिपिआर कर्मचारी सहित कुल ४ करोड ५६ लाख ७७ हजार ५ सय ७१ रुपँयाको लागतमा गत २०८१ असार २२ मा निर्माण सम्पन्न भई हस्तान्तरण गरेको हो । संघीय आयोजना कार्यान्वयन इकाई भैरहवा अन्तर्गत रहेको भवन ठेकेदार भुक्तानी ४ करोड ३४ लाख ८९ हजार ८ सय ८९ रुपैयामा भएको हो ।
जिल्ला प्रशासन कार्यालयकै स्टक्चरमा निर्माण भएको साढे २ तले भवनमा क्वाटरदेखि कर्मचारीहरुलाई छुट्टाछुट्टै कोठाबाट सेवा दिन सहज भएको पालप प्रमुख जिल्ला अधिकारी तोयनारायण सुबेदीले बताउनुभयो । तल्लो तलामा ५ कोठा, बिचमा ५ र माथिल्लो तलामा हल सहितको ३ कोठा छ बनेको छ, उहाँले भन्नुभयो९ कार्यालय पसे लगत्तै सेवाग्राहीलाई बस्ने पर्खने हल पनि छ।
स्थापनाको झण्डै दशकमा निर्माण भएको आफ्नै भवनबाट सेवा दिदा सेवाग्राहीलाई सुबिधा भएको सेवाग्राही बिष्णु केसीले बताउनुभयो ।
कार्यालय स्थापनादेखि पटक९पटक गरि ३ वटा घरबाट सेवा दिएकोमा अहिले सुविधा सम्पन्न भवनबाट सेवा दिन पाउदा निकै सहज भएको इलाका प्रशासन कार्यालयका प्रमुख गणेश बहादुर कार्कीले बताउनुभयो । भाडाको घरमा एकैठाउँमा बसेर सेवाग्राहीलाई उभ्याएर सेवा दिनु पथ्र्यो अहिले सेवाग्राहीलाई कार्यालय छिरेसँगै बस्न, पर्खन मिल्ने हुँदा सेवाग्राहीलाई पनि सहज भएको बताउनुभयो ।
इलाका प्रशासन कार्यालयमा कार्यालय प्रमुख, एक नासु, दुई खरिदार, सहलेखापाल र कम्प्युटर अपरेटर र सहयोगी दरबन्दीको व्यवस्था छ । हाल दैनिक ६५ देखि ७० वटा नागरिकता, द्रुत राहदानी, जनजाति आदिवासी, दलित तथा नाबालिक प्रमाणित साथै संस्था नविकरण हुदै आएको छ ।
इलाका प्रशासन कार्यालय रामपुर २०७३ सालमा गाविस कार्यालयको कच्ची भवनमा तत्कालिन गृहमन्त्री शक्ति बस्नेतले कार्यालय उद्घाटन गर्नुभएको थियो । प्रशासन कार्यलय पाल्पाका दिनेश ज्ञवालि ले कार्यक्रमको सन्चालन गर्नु भयो ।
नेपाल सरकारका गृह मन्त्रि रमेश लेखकले आज पाल्पा रामपुरमा २ण्४६ सालमा शहिद हुनुभएका शहिद सुर्य घिमिरेको शालिकको अनावरण गर्नु भयो ।वहाले रामपुर नगरपालिकाका जनप्रतिनिधि हरसग परिचयात्मक कार्यककम समेत गरेको नगरपालिकाले जनाएको छ ।


प्रकाशित : २०८१ पुष ३ गते १८:४२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology