नाेभेम्वर २५ देखि डिसेम्बर १० गतेसम्म हुने लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान पूर्वखाेला गाउपालिकाले ६ वटा वडामा सचेतना कार्यक्रम गर्दै वडा नम्बर ४ देविनगरमा कार्यक्रम सम्पन्न गरेको हाे।
लैङ्गकि हिंसा विरुद्धकाे १६ दिने अभियान समापन कार्यक्रमका प्रमुख अतिथि पूर्वखाेला गाउपालिकाका अध्यक्ष नुन बहादुर थापाले जहाँ पनि जुनसुकै अवस्थामा लैङ्गकि हिंसा हुन सक्छ यदि हिंसा हुन लागेको भए प्रतिकार गर्न सम्बन्धित निकायमा खबर गर्नु पर्छ भन्नु भयो । अध्यक्ष थापाले लैङ्गकि हिंसा हुन नदिन गाउपालिकाले सचेतना कार्यक्रम , गाेष्ठि , अन्तरक्रिया , छलफल न्यायिक समितिबाट कार्य सम्पादनबाट न्याय दिने , विभिन्न समूह , उपभोक्तामा महिला नेतृत्व बढिरहेकोले हिंसा धेरै रुपमा कम भएको भन्दै हिंसा विरुद्ध थप कार्यक्रमहरु गर्ने र म हिंसा गर्दिन सहन्न प्रतिकार गर्छु भन्ने एक्यवद्धता जनाउनु भयो ।
गाउपालिकाका उपाध्यक्ष भागिरथि भट्टराईले केही वर्ष अगाडि सम्म महिला हिंसा भन्ने गरेता पनि अहिले लैङ्गकि भन्ने सुधार भएको छ । हिंसामा महिला मात्र नभएर पुरुष समलिङ्गी पनि हिंसामा पर्न सक्छ । महिलाको भेटमा भएको बच्चा लिङ्गकाे अाधारमा भ्रुण हत्या गर्ने देखि लिएर श्रममा पनि सम्मान ज्याला नपाउने अवस्थामा नितिगत सुधार भए पनि व्यवहारमा लागू नभएको , देश संघीयतामा गएदेखि महिलालाई अधिकार दिएर माथि अाउन सकेर पनि नेतृत्व तहमा सम्मान अधिकार नभएको गुनासो गर्नु भयो ।
कार्यक्रममा गाउपालिका सामाजिक विकास शाखाका कर्यरत सर्मिला चाैधरिले लैङ्गकि हिंसा भनेको के हाे । हिंसा काहा कसरी हुन सक्छ । हिंसा भए काहा कसरी उजुरी गर्ने । हिंसा अत्य गर्न कसरी सकिन्छ । भन्ने बारेमा भिडियो मार्फत सहजिकरण गर्नु भएको थियो ।
वडा नम्बर ३ रिङनेरहका वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई कार्यपालिका सदस्य रेवति सरा घर्ती देविनगर वडाका सदस्य भुवन सिंजालि मुकुन्ड प्राथमिक विद्यालयका प्र अ लक्किमाया सिंजालि समाजसेवि शेर बहादुर गाहा पुर्वखाेला इलाका प्रहरी चाैकिका प्रमुख कृष्ण बहादुर गाहाले लैङ्गकि हिंसा विरुद्धकाे बारेमा बाेल्नु भएको थियो ।
कार्यक्रममा महिला समुहका सदस्य विद्यालयका प्र अ टाेल विकास संस्थाका अध्यक्ष समाजसेवि महिला स्वास्थ्य स्वयमसेविका गरि ६० जनाको सहभागीता रहेको थियो ।
लैङ्गकि हिंसा विरुद्धको १६ दिने अभियान समापन कार्यक्रम देविनगर वडाका अध्यक्ष मेहर सिं थापाकाे अध्यक्षतामा सम्पन्न भएको हाे।
प्रकाशित : २०८१ मंसिर २६ गते ११:०६
Facebook Comment