पाल्पाली सेवा समाज दोहा-कतारले पाल्पा जिल्ला , रम्भा गाउँपालीका वडा न. २ फोक्सिकोट ७ निवासी दुवै मृगौला फेल भई बिगत छ महिना देखि डायलाइसिस उपचार गराईरहेका ३२ वर्षका अईत बहादुर खडका थोकीलाई आर्थिक सहयोग गरेको छ ।
पिडित खड्काको आर्थिक अवस्था निकै कमजोर रहेकोले डायलाइसिसको थप उपचारका लागी समाजले “दस हजार रुपैया” नगत रकम सहयोग गरेको समाजका अध्यक्ष बिश्वनाथ भट्टराईले कन्दरा न्युज डटकमलाई जानकारी गराएका हुन । बार्षिक बिदामा नेपालमा रहेका समाजका महासचिव माधव भन्डारी र समाजका सचिव कमल भुषालले पिडितको निवासमा पुगेर शिघ्र स्वास्थ लाभको कामना व्यक्त गर्दै रकम पिडित खड्कालाई हस्तान्तरण गरेका हुन ।
हाल गौतमबुद्ध सामुदायिक मुटु अस्पतालद्धारा सञ्चालित पाल्पा सामुदायिक डाईलाईसिस सेन्टरमा उपचार गराईरहेका खड्कालाई तत्कालै मृगौला प्रत्यारोपण गर्नु पर्ने र औसधि उपचार मृगौला प्रत्यारोपण गर्नको लागी थप अनुमानित २० लाख रुपैया खर्च लाग्ने चिकित्सकहरुको अनुमान रहेको बिरामीको भनाई छ । पिडित खड्काको एक श्रीमती र एक छोरी छन ।
पीडितलाई हप्तामा दुई पटक डाईलाइसिस गर्नै पर्ने एक पटक गर्दा एक हजार रुपैया लाग्ने रकम समेत तिर्न कठिनाईको अवस्था रहेको बताउदै पीडितकी श्रीमती पोविसरा खड्काले आफ्नो श्रीमानको ज्यान अत्यन्तै नाजुक अवस्थामा पुगेको र जीवन बचाईदिन स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सहयोग अपिल समेत गरेकी छन ।
“पाल्पाली सेवासमाजको प्रतिबद्धता निस्वार्थ समाजसेवा आजको आवस्यकता” भन्ने मुल नारा बोकि २००७ सलमा वैदेशिक सोजगारिको सिलसिलामा कतारमा रहनु भएका पाल्पालीहरु एकीकृत भई स्थापना भएको यो समाजले विभिन्न सामाजिक कार्यहरुमा हातेमालो गर्दै आएको छ ।
पिडितलाई सहयोग गर्न चाहने ब्यक्तित्वहरुको सहजताको लागी
ग्लोबल आईएमइ बैकमा रहेको पिडितको
खाता न: ०४७०७०१०१२५२२५
श्रीमती पोवीसरा खड्का थोकीको
गरिमा बिकास बैकमा रहेको
खाता न :००६११८०१२२५६७००००००१ मा
बिरामीको सम्पर्क नम्बर ९८१४४२७२६२
प्रकाशित : २०८१ कार्तिक २६ गते १६:११
Facebook Comment