पाल्पामा रक्त संचार केन्द्र स्थापना महाअभियानमा पाल्पाली सेवा समाज दोहा कतार द्वारा आर्थिक सहयोग

माधव भण्डारी
प्रकाशित : २०८१ कार्तिक २६ गते १४:२७

पाल्पाली सेवासमाज दोहा कतारले पाल्पा जिल्लामा रक्त संचार केन्द्र  ( ब्लड बैक )  स्थापना अभियानमा आर्थिक सहयोग गरेको छ । वार्षिक विदामा रहेका समाजका महासचिव माधव भण्डारी र सचिव कमल भूसालले  २२ अक्टोबर २०२४ कादिन पाल्पा जिल्ला रेडक्रस सोसाइटी जिल्ला शाखाको कार्यलयमै पुगी नगद पच्चीस  हजार रुपैयाँ आर्थिक सहयोग गरेका थिए ।

मासिक करिव ४ सय  पिन्ट रगत आवश्यक पर्ने र जिल्लामा दिनहूँ रगत अभावको कारण  विरामीहरुले भोग्नु परेको पिडा निकै दर्दनाक रहेको रेडक्रस जिल्ला शाखाका सभापति बाबुराम कार्कीले भेटमा बताएका थिए । ब्लडकै नपाएकै कारण कसैको पनि ज्यान अकालमा नजाओस भनी बैंकको स्थापना गरेको उनको भनाई छ । 

जिल्लामा रगतको कमी हुन नदिन शाखा प्रमुख  भारतीले यस रक्त संचार केन्द्र स्थापनामा सहयोग गर्न देश तथा  विदेशमा रहनु भएका सम्पूर्णमा उपिल गर्दै पाल्पाली सेवा समाज दोहा कतारलाई विशेष धन्यवाद पनि ज्ञपन गरेका थिए।

समाजका वरिष्ठ उपाध्यक्ष बिकास गैरेको संयोजकत्वमा सहयोग संकलन गरिएको थियो ।


प्रकाशित : २०८१ कार्तिक २६ गते १४:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology