श्री मण्डली स्पोर्टस् क्लवको आयोजना तथा पूर्वखोला गाउँपालिकाको सह-आयोजनामा आठौ मण्डली कप २०८१ खेलकुद तथा साँस्कृतिक महोत्सव यहि आउदो कार्तिक २१ गते देखि २४ गते सम्म संचालन गर्ने भएको हो ।
प्रतियोगितामा क्लव मार्फत जुनसुकै स्थानका खेलाडीहरुपनि प्रतियोगितामा प्रतिष्प्रर्धाको अवशर पाउने आयोजक मण्डली स्पोर्टस क्लवका अध्यक्ष एव भलिवलका राष्ट्रिय रेफ्री अनन्त प्रसाद श्रेष्ठले बताए ।
प्रतियोगितामा विभागिय टोली बाहेक अन्य जुनसुकै क्लवहरुले पनि प्रतिष्प्रर्धा गर्न पाउने र विभागिय क्लवका खेलाडीहरु पनि अन्य क्लव मार्फत प्रतियोगितामा सहभागी हुन पाउने प्रतियोगितामा १४ वटा खेल हुनेछ स्पोर्टस क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
पुरुष भलिवल प्रतियोगिता तर्फ प्रथम हुनेलाई नगद १ लाख ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्र
द्धितिय पुरस्कार नगद १ लाख रुपैयाँ कप, मेडल र प्रमाणपत्र
तृतिय पुरस्कार नगद ७० हजार कप, मेडल र प्रमाणपत्र,
सान्तवना पुरस्कार नगद ३५ हजार कप, मेडल र प्रमाणपत्र ,
वेष्ट प्लेयर लाई ५ हजार, वेष्ट स्पाईकर २ हजार, वेष्ट डिफेन्सर २ हजार, वेष्ट सेटर २ हजार, वेष्ट सर्भर २ हजार, वेष्ट व्लकर २ हजार पुरस्कार रहेको क्लवका सचिव कृष्ण प्रसाद पंगेनीले बताए ।
यसैगरी महिलातर्फ प्रथम पुरस्कार नगद ३० हजार कप, मेडल र प्रमाणपत्र ,
द्धितिय पुरस्कार नगर २० हजार कप, मेडल र प्रमाणपत्र,
तृतिय पुरस्कार नगद १० हजार कप, मेडल र प्रमाणपत्र , सान्तवना पुरस्कार नगद ५ हजार कप, मेडल र प्रमाणपत्र
वेष्ट प्लेयरलाई २ हजार, वेष्ट स्पाईकर १ हजार, वेष्ट डिफेन्सर १ हजार, वेष्ट सेटर १ हजार, वेष्ट सर्भर १ हजार, वेष्ट व्लकर १ हजार पुरस्कार रहेको क्लवले जनाएको छ ।
प्रतियोगितामा भलिवलका अन्तर्राष्ट्रिय रेफ्री विकास गुरुङ सहित ७ जना रेफ्रीहरुको सहभागिता रहने छ भने प्रतियोगितामा क्लव दर्ता निशुल्क, खेलाडीहरुलाई खान बस्न निशुल्क व्यबस्था गरिएको र
प्रतियोगितामा स्थानीय कलासंस्कृतीको प्रस्तुती, स्थानीय कौडा नाच, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहेको साथै यस ठाँउको धार्मिक, सांस्कृतिक प्राकृतिक सौन्दर्य र पर्यटकीय हिसाबले प्रचारप्रसार गर्न प्रतियोगिताले सहयोग पुग्ने आयोजकले जनाएको छ ।
प्रकाशित : २०८१ कार्तिक १० गते १९:१०
Facebook Comment