जापानी नागरिक काजुमासा काकिमी ९ओके बाजे० लाई रामपुरमा नागरिक अभिनन्दन ।

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ कार्तिक ४ गते ९:२७

कार्तिक ४ रमा भण्डारुी रामपुर पाल्पा
जापानी नागरिक काजुमासा काकिमी ९ओके बाजे० लाई रामपुरमा नागरिक अभिनन्दन सहित सम्मान गरिएको छ । विगत तीन दशक देखि पाल्पाको सामाजिक सेवामा सक्रिय ओके बाजेलाई शनिबार नागरिक स्तर बाटै अभिनन्दन गरिएको हो ।
पाल्पा र नवपुर जिल्लाका आठ स्थानीय तह संगै दुईसय बढी संघ संस्थाले रामपुर नगरपालिका–७ किसानबारीमा कार्यक्रम गरी संयुक्त रुपमा अभिनन्दन गरेको थियो ।अभिनन्दनको अवसरमा २०६१ सालमा ओके बाजेको सम्मानमा याहाँका संघ संस्थाले किसानबारीमा निर्माण गरेको ओके बाजे मिटेरी पार्कको तीन बालक सहितको पूर्णकदको प्रतिमा निर्माण गरि अभिनन्दन गरिएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले उहाँको शालिक अनावरण गर्नुका भएको थियो ।
मन्त्री सारुले ओके बाजेले निरन्तर निःस्वार्थ भावका साथ जिल्लाको ग्रामीण क्षेत्रका बस्तीको उत्थानको लागि महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । उहाँले दिनुभएको योगदानको शब्दमार्फत वर्णन गर्न नसकिने बताउनुभयो ।
सम्मान ग्रहण गर्दै ओके बाजेले ३० वर्ष अघि केही दिनको लागि नेपाल आएर घुम्ने क्रममा एउटा गाउँ पुग्दा धेरै समस्या देखिए पछि केही गर्न सकिन्छ भनेर आफु लागेको बताउनुभयो । पाल्पाली जनताको मायाँ र साथले सामाजिक क्षेत्रमा अघि बढ्न प्रेरित गरेको बताउनुभयो । ८६ वर्षीय ओके बाजेले पाल्पालीको साथ र सम्मानले अझ १० वर्ष सम्म समाजसेवा गर्न सक्छु कि भन्ने आत्मविश्वास जगाएको । ‘म सुरुमा आउँदा गाउँमा ट्वाईलेट सम्म पनि थिएन । बाटो पनि थिएन । पानी पनि थिएन । एउटा मात्र चिज थियो, मायाँ । त्यही गाउँका जनताको मायाँले अघि बढ्ने प्रेरणा दियो ।’ उहाँले शरीरले साथ दिए सम्म जापान फर्किने इच्छा नभएको बताउँनुभयो ।
कार्यक्रममा ईकीईकी जापानका माहित हुनुले जापान र पाल्पाली बीचको सम्बन्धलाई सुमधुर बनाउन सहयोग गरेको स्मरण गर्नुभयो । ओकेबाजे नागरिक अभिनन्दन कार्यक्रम मूल आयोजक समितिका संयोजक भिम विश्व भट्टराईले ओके बाजेले ३० वर्ष अघि देखि अनवरत रुपमा पाल्पाको ग्रामीण बस्तीमा दिनु भएको योगदानको उच्च मुल्याङ्कन गर्दै नागरिकस्तर बाट अभिनन्दन गरिएको बताउनुभयो ।
उहाँको सम्मान कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा संगै पाल्पा र नवलपुरका स्थानीय तहका जनप्रतिनिधिहरु सहित जापान स्थित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको साथै आठ वटै पालिका प्रमुख सहित विभिन्न संघ संस्थाहरुले सम्मान पत्र सहित फुलमाला र दोसला ओढाएका थिए , ओके बाजेले ७० प्रतिशत भन्दा बढी सहयोग शिक्षा क्षेत्रमा गर्नुभएको छ ।
साथै राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, मोहन खड्का र जापानी गायिका मारिको सुजुकीको प्रस्तुति समेत रहेको थियो । ओकेबाजे नागरिक अभिनन्दन एवं सम्मान कार्यक्रम मूल आयोजक समितिका संयोजक भिम विश्व भट्टराईको स्वागत बाट सुरु भएको कार्यक्रम सदस्य सुन्दर प्रसाद श्रेष्ठको स्वागत र सदस्य सचिव लेखनाथ शर्मा मरासिनीको सञ्चालनमा भएको थियो अभिनन्दनको अवसरमा नेपाली लोक संस्कृति झल्कने पञ्चेबाजा, लाखेनाच, कौरा, झ्याउरे लगाएतका र्सास्कृतिक झाँकी प्रदर्शन गरिएको थियो ।
पाल्पाको रामपुर नगरपालिका–७, किसानबारीमा आज शनिबार देखि दोस्रो ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता सुरु भएको छ । १० उत्कृष्ट क्लवहरुको सहभागिता रहेको प्रतियोयोगिताको आज उट्घाटन गरिएको हो । ज्योतिपुञ्ज क्लवको २८ औं वार्षिक उत्सवको अवसर आयोजित दोस्रो संस्करणको प्रतियोगिताको लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले उट्घाटन गर्नु भएको थियो । प्रतियोगिताको उट्घाटन गर्दै सारुले राष्ट्रलाई चिनाउने उत्कृष्ट माध्यम खेलकुद भएको बताउँदै यसको खेलकुदको विकासको लागि प्रदेश सरकार निरन्तर रुपमा लागी परेको बताउनुभयो । प्रतियोगितामा रुपन्देही, पोखरा, काठमाडौँ, स्याङ्जा, पूर्वी नवलपरासी, पश्चिम नवलपरासीका उत्कृष्ट १० क्लवले सहभागीता जनाएका छन् ।
आज भएको उट्घाटन खेलमा फर्साटिकर युथ क्लव रुपन्देही र भैरव स्पोट्र्स क्लव नवलपरासीले प्रतिस्पर्धा गरेको थियो । निर्धारित समयमा खेल गोल रहित बराबरीमा सकिए पछि ट्राईब्रेकरमा गएको थियो । फर्साटिकर युथ क्लवले भैरव स्पोट्र्स क्लवलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको खेल संयोजक अनिल शाहीले बताउनुभयो । प्रतियोगिताको विजेताले नगद ३ लाख ३ हजार ३३३ र उपविजेताले १ लाख ७७ हजार ७७७ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । साथै उत्कृष्ट खेलाडीलाई १५ हजार ५५५ र प्रत्येक विधामा ७ हजार ७७७ व्यवस्था गरिएको छ ।
आइतबार दुई खेल हुँदैछ । पहिलो खेलमा विहान साढे ११ बजे २८ विघा युथ क्लव नवलपुर र होराईजन युथ क्लव वालिङले प्रतिस्पर्धा गदैछ त्यस्तै आयोजक ज्योतिपुञ्ज युवा क्लव र युनाईटेड युथ क्लव गिरुबारी नवलपुरले दिउँसो साढे ३ बजे दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ। कल्वका अध्यक्ष सुदिप गौगमले जानकारी दिनु भयको छ ।


प्रकाशित : २०८१ कार्तिक ४ गते ९:२७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology