३१औं बार्षिक साधारणसभा तथा युवा पुनर्मिलन कार्यक्रम सम्पन्न

माया राना,जल्पा
प्रकाशित : २०८१ असोज २८ गते २३:०८

              पूर्वखोला गाउँपालिका वडा न २ जल्पा ढोलीमारामा रहेको शयारी युवा क्लबले ३१औं बार्षिक साधारणसभा तथा युवा पुनर्मिलन कार्यक्रम सम्पन्न गरेको छ।
संस्थाका अध्यक्ष श्रीधन कवरले बार्षिक प्रगति प्रतिबेदनको साथै १७ लाख ३३ हजार ५सय८१ रुपियाँ बराबरको आयब्याय सुनाउनु भयो। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य तथा स्वास्थ मन्त्री खेम बाहादुर सारुले सस्थागत एकतामा शक्ति रहेको आउल्यौनु भयो ,भौतिक चिजहरुमात्र बिकास होइन सामाजिक र आर्थिक बिकास संग संगै हुन जरुरी छ। पर्यटकीय क्षेत्रको रूपमा बिकास र बिस्तार भैरहेको ढोलीमारा गाउँलाई जो संग जे सीप र क्षमता छ, आम्दानी संग जोडनु क्लबको भुमिका भएको बताउनु भयो, बिकास संग बिकृती संगसगै आउने हुदा सन्तुलन मिलाउदै जानु पर्नेमा जोड दिनु भयो।
प्रमुख अतिथि सारुले आफू लुम्बिनी प्रदेश सरकारको स्वस्थमन्त्री भए पछि सुधार गरिएका कामको चर्चा गर्नु भयो ।बिशिस्ट अतिथि गाउँ कार्यपालिका सदस्य भिमीसरा आलेले दिएको योजना भन्दा धेरै काम गर्ने, जनश्रमदान दिने, परिश्रमी, एकता र सहकार्यले गर्दा योजनाले प्राथमिकता पाएको सुनाउनु भयो।
कार्यक्रममा जन्सेवा सहकारीका ब्यवस्थापक बेद प्रसाद बस्यल, शम्भु मा बि जल्पाका प्र. अ. चित्र बहादुर कवर, सामुदायिक होमस्टेका अध्यक्ष पहल सिं घर्ती, माया राना, भिम बहादुर सारु लगायतले शुभकामना दिनु भएको थियो।
संस्थाका  सचिब पिम बहादुर कवरको सन्चालन र अध्यक्ष श्रीधन कवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०८१ असोज २८ गते २३:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology