ओली र देउवा मन्त्रीहरुको लस्कर लिएर रेस्टुरेण्ट उद्घाटनमा व्यस्त, बाढी प्रभावित क्षेत्रमा पाइला टेक्न समय छैन

www.kandaranews.com
प्रकाशित : २०८१ असोज २८ गते १४:०८

प्रधानमन्त्री केपी ओली र प्रमुख सत्तारूढ  घटक कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार एक रिसोर्टको उद्घाटन गरे ।

ओली र पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेसका देउवाले बुढानिलकण्ठ–१, मुहानपोखरीस्थित नवनिर्मित होलिडे इन रिसोर्टको उद्घाटन गरेका हुन् । उनीहरुले एकैसाथ रिबन काटेर रिसोर्ट उद्घाटन गरे ।

हालै गएको बाढीपहिरोमा परी व्यापक धनजनको क्षति भयो ।

तर, दुई तिहाईको शक्तिशाली सरकार चलाइरहेको दाबी गर्ने ओली र देउवा एकपटक पनि प्रभावित क्षेत्रमा पीडितको अवस्था र क्षतिबारे बुझ्न गएका छैनन् ।

विपदको पूर्वजानकारी भएर पनि विपदअघि र पछि सरकारको उपस्थिति नदेखिएको भन्दै आलोचना भइरहेको छ ।

चाखलाग्दो कुरा त के छ भने ओली र देउवाले रेस्टुरेण्ट शुभारम्भ कार्यक्रममा मन्त्रीहरुको ताँती थियो ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक र ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्कासहितका मन्त्रीहरु ओली र देउवाको अघिपछि देखिन्थे ।

ओली र देउवाले रिबन काटिरहँदा उनीहरु पछाडि उभिएर ताली बजाइरहेका थिए ।


प्रकाशित : २०८१ असोज २८ गते १४:०८


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology