शम्भु मा. बि. डोजाङ्ग पूर्वखोला जल्पाले आई टि एफ टेक्वन्डोको रंगिन पेटी परिक्षा सम्पन्न

माया राना,जल्पा
प्रकाशित : २०८१ असोज १८ गते २०:०७

शम्भु मा. बि. डोजाङ पूर्वखोला जल्पाले आई टि एफ टेक्वन्डोको रंगिन पेटी परिक्षा सम्पन्न गरेको छ। पूर्वखोला गाउँपालिका जल्पाको पर्यटकीय क्षेत्र चुलीडाडामा आयोजना गरेको कार्यक्रममा ५२ जना प्रशिक्षार्थी खेलाडीले खेल प्रदर्शन गरेका थिए । जस् मध्ये सेतो ६ जना, पहेलो ५ जना, हरियो ४ जना, सेतो= पहेँलो ४ जना र पहेँलो हरियो ३३ जनाले प्राप्त गरेका छन् । यस्तै रंगिन पेटी परिक्षा पूर्वखोला गाँउपालिका भित्र रहेका जनमार्ग मा. बि. सिलुवा,उद्द्बुद्द मा.बि रिङनेरह, मातृभुमी मा. बि देविनगर,सरस्वती मा.वि खैरेनी जल्पामा सम्पन्न भैइसकेको पूर्वखोला गाँपालिका खेल प्रशिक्षक बिष्णु वाहादुर सारुले बताउनु भयो।
कार्यक्रमका प्रमुखअतिथि जल्पा वडा अध्यक्ष तथा अन्तरास्ट्रिय आई टि एफ टेक्वन्डो खेल प्रशिक्षक नीर वाहादुर सारुले खेलकुद संगै शारीरिक स्वास्थ ,सामाजिक बिकास,आनुशासन पनि सिक्ने भएकोले यो खेलको महत्त्व रहेको बताउनु भयो।
पर्यटन प्रब्रद्दनको लागी चुलीडांडांमा आयोजना गरेको कार्यक्रममा पेटी परिक्षा संगै सम्पन्न बिद्यालयका खेल प्रेमीहरुले खेल प्रदर्शन , सस्कृती नृत्य समेत प्रस्तुत गरेका थिए।

शिक्षक प्रतिनिधि ,अबिभाबक ,खेल अबलोकन गर्न जाने सय जना भन्दा बढीको सहभागिता रहेको थियो। यसै अवसरमा पाल्पा जिल्ला स्तरीय ८ औँ डोजाङ टेक्वन्डो प्रतियोगितामा बिजेता ५ जना खेलाडीहरुलाई मायाको चिनोले सम्मान गरिएको थियो।
शम्भु मा.बि. जल्पाका प्र अ चित्र वहादुर कवर,खेल प्रमी युवा रनबिर बरालले शुभकामना दिनु भयो। शम्भु डोजाङका अध्यक्ष मिलन सारुको अध्यक्षता र सचिब तिर्सना बरालको संन्चालनमा कार्यक्रम सम्पन्न भएको हो।


प्रकाशित : २०८१ असोज १८ गते २०:०७


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology