आर्यभन्ज्याङ, बिरकोट, रामपुर सडकमा पहिरो नहटाउदा , सवारीसाधन जोखिममा संचालन

माधब पाण्डे
प्रकाशित : २०८१ असोज १६ गते १३:३२

देश भर मनसुन सक्रिय हुदा धेरै धनजनको क्षेति भएको छ । देश को विभिन्न जिल्ला देखि भित्र जोडिएका सबै बाढि पहिरोले निकै कष्टकर र जोखिमपूर्ण रहेको छ । यस्तै पाल्पाको आर्यभन्ज्याङ, ताहुँ ,बिरकोट हुदै रामपुर जोडिएको सडक पहिरो गए पनि तिनै तहको सरकारले नहेरेको स्थानिय बासि गणेश रानाले बताएका छन्।
यस सडकमा माथागडी गाउँ पालिका,रम्भा गाउँ पालिका, पूर्वखोला गाउँ पालिका साथै रामपुर नगरपालिका गरि ४ वटा स्थानीय सरकार जोडिएको सडक भए पनि यातायातका लागि जोखिम रहेको चालक नवीन श्रेष्ठले बताएका छन् ।

चाडपर्वमा सडकमा सवारीसाधन चाप भए पनि सडकमा रहेको पहिरो नहटाउदा पहिरोमा सागुरो बनाउदै सवारी सन्चालन गर्दै आयपनि निकै जोखिम संङ सवारीसाधन चलेको दुर्गा सारुले बताए ।

सारुले यात्रुलाई सहज सग गाउँ लग्न सडकको कारण काहा कुन बेला पहिरोको कारण सडकको छेउछाउमा सवारीसाधन राख्दा जोखिम रहेको साथै सडकमा रहेको पहिलो छिटोभन्दा छिटो हटाउन स्थानीय सरकारलाई अनुरोध गरेका छन।
चाड पर्व नजिकिदै छ यो समयमा धेरै यात्रु सवारीसाधन को चाप हुने हुदा यसबारे सरोकारवालाले समयमै सडक मर्मत गरि सोच्न जरुरत भएको देखिन्छ।


प्रकाशित : २०८१ असोज १६ गते १३:३२


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology