किसानले पछिल्लो समय व्यबसायीक रुपमा बाख्रा पालन सुरु गरेपछि राम्रो आम्दानी

माया राना,जल्पा
प्रकाशित : २०८१ असोज १६ गते १०:०५

केहि बर्ष अघि सम्म परम्परागत रुपमा बाख्रा पालन गरिरहेका किसानले पछिल्लो समय व्यबसायीक रुपमा बाख्रा पाल्न सुरु गरेपछि राम्रो आम्दानी लिन थालेका छन । दशैकैको मुखमा पूर्वखोला २ जल्पा मैदानका किसानले करिब ७ लाख रुपैयाको बाख्रा बितरण गरेका छन ।
स्मार्ट बाख्रा पालन समुहमा आबद्द १५ जना कृषकहरुले २ देखी ७ वटा सम्म एकै पटकमा बेच्ने गरी उत्पादन गर्ने गरेका छन् । कृषकहरुले कम्तीमा २० हजार र बढीमा ९० हजार सम्म खसी बोका बेचेको रकम बुझेका छन् ।
गाँउमै रहेको शुभ सन्देश कृषि सहकारी संस्थाले बाखा्रकाको नाप तौल , खरिद बिक्री बजारीकरण तथा व्यबस्थापनमा सहजीकरण गर्दै आएको छ ।
सहकारीका अध्यक्ष चन्द्री सरा रखालले एउटै खसी ५० के जि सम्मको उत्पादन भएको बताउनु भयो। पाल्पाको रामपुर, पोखरा बजारमा खरिद गरि लैजाने गर्दछ। चाड पर्वको बेला घर खर्चको लागी बाहिर हुने छोराको कमाई कुरेर बस्नु परेको छैन भन्दै कृषक मन कुमारी हिस्किले सुनाए बर्ष भरीमा ३, ४ पटक बेच्छन् ।एक जना कृषकले १ लाख पचास हजार देखि ३ लाख सम्म कमाउछन। लुम्बिनि प्रदेश सरकारले तिन बर्ष अघि सुरु गरेको स्मार्ट कृषि गाँउ कार्यक्रम मार्फत यहाँका किसानले पालेका बाख्राको नश्ल सुधार , पशु आहारमा सुधार , घाँस तथा औषधी उपचारमा सहजता आएको छ ।
जनताको जीवनस्तर सुधार गर्न प्रदेश सरकारले यस्ता कार्यक्रमलाइ प्राथमिकता दिएको प्रदेश सभा सदस्य खेम बहादुर सारुले बताउनुभयो ।


प्रकाशित : २०८१ असोज १६ गते १०:०५


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology