रामपुर भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया सम्पन्न

रमा भण्डारी रामपुर, पाल्पा
प्रकाशित : २०८१ असोज ५ गते २१:५१

असोज ५ रमा भण्डारी रामपुर पाल्पा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले रामपुर नगर भित्रका सरोकारवालाहरु संगै भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तरक्रिया गरेको हो।
रामपुर नगरपालिको सभाहलमा भएको कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख सह–सचिव राजेन्द्र कुमार पौडेलको अध्यक्षता कार्यक्रम भएको हो । र रामपुर नगरपालिका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख थापाले आगोगमा गलत नियतले उजुरी दिँदा सास्ती मात्र भएको बताउनुभयो । गलत नियतको उजुरीले विकास निर्माणका काम प्रभावित भएको भन्दै उजुरी दिनेहरु माथि पनि छानविन हुनु पर्ने बताउनुभयो ।
नगर उपप्रमुख बालकुमारी थापाले अख्तिायारको बारेमा जानेको ज्ञान अरुलाई पनि सिकाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले न्यायिक समितिले कानुनी सल्लाहाकार राख्न नपाउँदा न्याय सम्पादनमा समस्या भएको गुनासो गर्नुभयो । रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्य दर्शन पण्डितले इन्जिनयरिङ्गको पाटोमा प्रशासनका कर्मचारीलाई थाहा नहुने तर इन्जिनियरले पास गरेको फाईलमा हस्ताक्षर गर्दा पछि प्रशासनका कर्मचारीले पनि मुद्दा खेप्नु पर्ने अवस्था रहेको बताउनुभयो । रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँण ,दरैठाँटी माविका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटा ले अख्तियार दुरुपयोगको विषयमा जानकारी नहुँदा पनि समस्या भएको बताउनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख सह–सचिव राजेन्द्र कुमार पौडेलले दुःख दिने नियतले उजुरी गर्नेलाई ५ हजार जरिवाना तोकिएको र छानविन गर्ने प्रतिवद्धता गर्नुभयो । उहाँले विद्यमान कानुनको पलना गरी कार्य सम्पादन गरेमा कुनै डर मान्नु नपर्ने बताउनुभयो ।
अन्तरक्रियामा सरोकारवालाहरुले दुःख दिने नियतले बेनामी उजुरी पर्दा समस्या भएको बताएका थिए । रामपुर नगरका सल्लाहाकार विष्णु मायाँ ढकाल ,रामपुर–३ का वडा अध्यक्ष दामोदर पाठक ,रामतुलसी मा।वि।का प्रधानाध्यापक बालकृष्ण लम्साल , नेकपा ९एकिकृत समाजवादी० रामपुरका अध्यक्ष फणेश्वर गौतमले उजुरीको समयमा फर्छ्यौट नहुँदा समस्या भएको बताउनुभयो ।
लक्ष्मीनारायण गुठी संस्थाका अध्यक्ष बुद्धि प्रकाश रेग्मी ,जनकल्याण माविका प्रधानाध्यापक आनन्त प्रसाद भण्डारीले अख्तियारको दुरुपयोग गर्ने साना र ठूला सबैको छानविन हुनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका शाखा अधिकृत धर्मराज बुढाले आयोगको तर्फ बाट कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सिडिई पुण्यराम सुलुको स्वागत र प्रहरी सहायक निरीक्षक विरेन्द्र कार्कीको सञ्चालनमा भएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापक, नगरपालिका तथा नगर भित्रका सरकारी कार्यालयका कर्मचारी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो।


प्रकाशित : २०८१ असोज ५ गते २१:५१


ताजा अपडेट सबै

Copyright © 2020 Purbakhola Media Pvt. ltd., All Rights Reserved.
Website by: Genesis Web Technology